वर्गीय समानता र परिवर्तनका लागि पूजीवादलाई पाता कसेर चिडियाघरमा हाल्नु पर्छ

वर्गीय समानता र परिवर्तनका लागि पूजीवादलाई पाता कसेर चिडियाघरमा हाल्नु पर्छ

  • सोमवार, बैशाख १०, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.2K
    SHARES

-बलराम तिमल्सिना

हामी झट्ट हेर्दा एउटा मानिस देख्छौ । अरु प्राणीभन्दा पृथक अस्तित्व बोकेको यो प्राणी परैबाट हेर्दा चिनिन्छ । यसरी हेर्दा मानिस एउटै देखिए पनि यो एउटै छैन । सवैभन्दा पहिले यो महिला र पुरुष गरी दुई फरक धारामा छुट्टिएको गगछ । यो प्राय प्राणीहरूको सवैभन्दा पुरानो र गआम फरक हो । प्रकृतिले केही आधारभूत रुपमा फरक जिम्मेवारी वहन गर्ने गरी यी दुई अस्तित्वको डिजाइन गरेको छ ।यो त भयो जैविक भिन्नता ।योसँगै समाजले यी दुईलाई सामाजिक हिसावले अर्को फरक पनि गरेको छ ।विगत सरदर आठ हजार वर्षदेखि समाजले सम्पत्तिको स्वामित्वदेखि लिएर प्राय सवै अधिकारहरू पुरुषलाई थुपारेको छ र महिलाहरूलाई पुरुषका नोकर मात्र बनाएको छ । त्यही भएर जव कहीं सम्पत्तिको धाक लगाउँनु पर्ने हुन्छ तव महिलाहरूले आफ्नो बाबुको या लोग्नेको नाम जोडेर मात्र धाक लगाउँन पाउँछन्। आफ्नो स्वामित्वमा केही नभएपछि उनीहरूले के धाक गलगाउँन । बल र वुध्दिको धाक लगाउँन पनि उनीहरूलाई सजिलो छैन ।त्यसैले उनीहरू बढीमा को कति राम्री भन्ने धाक लगाएर जीवन गुजार्छन् ।
यो पृथ्वीको विभिन्न भूभागमा बस्ने मानिस , जात ,धर्म, भाषा ,संस्कृति र रङ्गको आधारमा पनि विभाजित छ । हाम्रै देशमा पनि थरि थरिका मानिसहरू बस्छन् ।सवैको एउटै जात छैन ।एउटै धर्म र भाषा छैन ।एउटै रङ्ग र भेषभुषा छैन ।एउटै परम्परा र मान्यता छैन ।आफ्ना आफ्ना मान्यतासहित छ मान्छे । मानिस एउटा सांस्कृतिक प्राणी भएकोले ऊ आफ्नो संस्कृतिसहित छ । हाम्रो हिन्दू धार्मिक समाजले मानिसको तह विभाजन गरेको छ ।विसं १९१० को जङ्गबहादुरको मुलुकी ऐनले मानिसलाई जातको आधारमा जिवन यापन गर्न निर्देशन गरेको थियो । नेपालमा सवैभन्दा व्यवस्थित र क्रुर तरिकाले जात व्यवस्थालाई राज्यको निर्देशक सिध्दान्त बनाएको यो कलङ्कको प्रभाव अहिले पनि छ र यो अझै केही समय घट्दै र रुप बदल्दै रहने निश्चित छ ।
समाजको पिँधमा दलित समुदाय छ र उसले आफूभन्दा माथिका तीन वटा तहलाई बोकेर हिड्न बाध्य छ ।
मानिस आफूलाई चाहिने सवै सामानहरू प्रकृतिसँग गतिविधी गरेर उत्पादन गरेर खाने प्राणी हो ।प्रकृतिसँगको पूर्ण निर्भरताबाट मुक्त हुन थालेको दिनबाट यो प्रजाति मान्छे हुन सूरु गरेको हो ।यसरी प्रकृतिबाट उव्जाएर खाने यो सिङ्गो मान्छेभित्र दुइटा मान्छे छन् ।एउटा काम गरेर आफू पनि खाने र अरुलाई पनि खाने ।अर्को छ , काम गर्नेहरूको कमाई खोसेर खाने । मानव समाज दुई वटा बर्गमा प्रवेश गर्ने समयमा दाशहरू उत्पादन गर्थे दास मालिकहरूले खोसेर खान्थे । सामन्ति युगमा किसानहरूले उव्जाउँथे सामन्तहरूले खोसेर खान्थे। आज पृथ्वीको धेरै भागमा पूजीवाद आइसकेको छ र जहाँ आएको छैन त्यहाँ पनि अर्को देशको पूँजीवादले लुटेकै छ ।आज सर्वहारा श्रमिकहरू उत्पादन गर्छन भने विश्वभरिका पूजीपतिहरू मिलेर बहुराष्ट्रिय कम्पनीमार्फत लुटेर खाइरहेका छन। यसरी हेर्दा आज मानिस अन्य विभाजनका अतिरिक्त विश्वभरिका साम्राज्यवादीहरू र तिनका दलालहरू एकातिर र तिनीहरूबाट लुटिन वाध्य हुनेहरू अर्कातिर भएर वाँडिएको छ ।जात, भाषा , धर्म , क्षेत्र, वर्ण र लिङ्ग आदि मानिसहरूबीचका फरकहरू हुन । फरक हुनु भनेको एउटा महान र अर्को निच हुनु होइन वरु बराबरी महत्वका फरक अस्तित्वहरू हुन । तर आज त्यस्तो छैन ।एउटाले अर्कोलाई हेप्ने होच्याउँने र लुट्नेसम्म छ । यसो हुनु भनेको मानिस वन्ने प्रकृया पूरा नहुनु भन्ने हो ।आदिम मानिस एक अर्कामा सिधै मारामार गर्थ्यो । हार्नेहरू सवैलाई मार्ने या दाश बनाउँने पनि चलन थियो ।क्रमश उन्नत मानिस बन्ने प्रकृयामा ती चलनहरू घट्दै त छन तर भिन्न भिन्न रुपमा ती छँदैछन्।
मानिसले मानिसलाई गर्ने अपमान र उत्पीडनको केन्द्रमा बर्ग छ ।बर्ग भनेको आर्थिक अवस्था अनुसारको मानव समुदाय हो । हुने र नहुनेहरू , काम गर्ने र ठगि खानेहरूको रुपमा त्यो समुदाय वाँडिएको छ ।मान्छेले मान्छेलाई हेप्ने प्रमुख कारण वर्गको फरक हो । आज एकातिर सम्पत्तिका मालिकहरू छन् र अर्कोतिर श्रमका मालिकहरू छन ।श्रमका मालिकहरूले श्रम गरेर सम्पत्ति बनाउँछन तर ती सँधै दुई छाक खान रुनु पर्ने हालतमा हुन्छन् ।अनि जो कहिलै दुख गर्दैन वरु दुखको नाममा षडयन्त्र गर्ने दमन गर्ने दुख मात्रै गर्छ ऊ सवै सम्पत्तिको मालिक भएको छ ।यही सम्पत्तिमाथि स्वामित्व कसको हो भन्ने कुरालाई लिएर संसारभरिका मानिसहरूबीच झमेला छ ।त्यही झमेला वारे आफ्नो विचार राख्ने र त्यो विचार अनुसार गर्न खोज्ने काम नै राजनीति हो ।वर्ग विभाजित र अन्य कैयन कुरामा विभाजित आजको कोही पनि मानिस स्वतन्त्र छैन ।कोही पनि सतप्रतिशत पवित्र र सतप्रतिशत इमान्दार छैन ।आजको समाज र प्रणालीले उसलाई कुनै एउटा समुहमा वाँधेर राकेको छ ।ऊ आफू वाँधिएको समुहका कुरा गर्न वाध्य छ ।जति सुकै असल हुन खोज्ने पुरुष पनि आज महिलामाथि थोरै भने पनि भेदभाव गर्न किन वाध्य छ भने आजको परिपाटी नै त्यस्तै छ ।त्यसै गरी आजको बाहुन या क्षेत्री जति असल हुन्छु भने पनि दलितहरूमाथि उत्पीडन गर्न जान या अन्जान रुपमा वाध्य छ ।मानिस मानिसबीच अन्यायपूर्ण विभेदको जगमा टिकेको प्रणालीलाई खरानी नपारेसम्म मान्छे कोही पनि मुक्त हुदैन ।एतिसम्म कि यो प्रणाली रहौन्जेल संसारका सवैभन्दा धनीहरू सवैभन्दा बढी तनाव र डरमा वाँच्नु पर्छ ।आज दिनहुँ सवैभन्दा ठूलो डरमा वाँच्नेहरू अमेरिकीहरू छन् ।किन कि कसैले आफूलाई उछिन्छ कि भन्ने डर एकातिर उनीहरूलाई छ भने संसारको कुन कुनाबाट आफ्नो विरुध्द बगावत होला भनेर ऊ सँधै त्राहीमाम हुन्छ ।यसरी हेर्दा पृथ्वीका सात अरव मानिसमा सवैभन्दा तनावपूर्ण जिन्दगी संसारको सवैभन्दा बलियो देश अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको होला भनेर अनुमान गर्न सकिन्छ ।
जवसम्म संसारमा निजी सम्पत्तिको चलन रहन्छ तवसम्म तेरो मेरो रहन्छ ।जवसम्म तेरो मेरो रहन्छ हजार जुलुम गरेर पनि सोझालाई लुट्ने चलिरहन्छ ।धनी र गरिव रहिरहन्छ ।असन्तोष र विद्रोह रहिरहन्छ ।युध्द रहिरहन्छ ।त्यसैले यो निजी सम्पत्तिवाला समाजलाई एक्काइसौं सताव्दिको थप प्रगति र विश्वव्यापी मानवीय भातृत्वको निम्ति अभिसाप ठहर गर्दै सम्पूर्ण सम्पत्ति समाजको घोषणा गर्न जरुरी छ ।मान्छे मान्छेबीच काटमार सिध्दिने हो भने विज्ञान र प्रविधिको उच्चतम प्रयोग गरेर आजको मानिस एक घण्टा काम तेइस घण्टा आराम र मनोरन्जन गरेर सुखी भएर वाँच्न सक्छ ।त्यसको लागि आजको पूजीवादलाई सम्मानपूर्वक म्युजियममा राखेर वैज्ञानिक समाजवादमा जान जरुरी छ । सम्मान पूर्वक पूँजीवाद जाने कुरा ठट्टा मात्र भएकोले यसलाई पाता कसेर चिडियाघरमा हाल्नु पर्छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी