-बलराम तिमल्सिना
आजैबाट समाजवाद अहिलैबाट समाजवाद !
हाम्रा हर समस्याको समाधान हो समाजवाद !
समाजवाद समाजवाद वैज्ञानिक समाजवाद !
आजैबाट समाजवाद……!
लखेटेको लखेटै छ विश्व-पूँजीवादले !
चिथोर्दै छ हामीलाई उस्का खुनी दाँतले !
प्रकृति र पर्यावरण सारा नष्ट भ्रष्ट भो
मान्छेलाई भविष्यमा वाँच्नै कष्ट भो !
आऊ न्यायप्रेमीहरू मिलाऊँ हाम्रा हात !
प्रकृति र मानिसको सच्चा प्रेमी समाजवाद !
आजैबाट समाजवाद……!
हामीले श्रम गर्ने ठाऊँ मेशीनले गर्छ
मालिकलाई हामीभन्दा उही सस्तो पर्छ
न त ज्याला माग्दछ न त गर्छ हड्ताल
मेशीनले मालिकलाई पार्यो मालामाल !
विस्थापित भयौ मान्छे वेरोजगार लाग्यो खात
यसको सही समाधान गर्ने कुरा समाजवाद
आजैबाट समाजवाद…..!
खेतबारी बाँझै बस्ने कारण छ बेग्लै
युवाहरू खाडी पस्ने कारण छ बेग्लै
खुल्ने छैनन् देशमा नयाँ उद्योग धन्दा
खुलेका नि ती सवै भैसके नि बन्द !
धेरै देशका पूँजीपती जुटी चुस्छन् एक साथ
त्यसको प्रतिरोध गर्ने बाटो हो समाजवाद
आजैबाट समाजवाद……!
पूँजीवादी दलाललाई छोडी एकातिर
समाजवाद सुरु गरौं हामी त्यहीनिर
पूँजीवादको विकल्पमा पूँजीवादै हुन्न
अरु खाले लडाइँले मरे छुदैछुन्न !
एउटा देश दुई व्यवस्था लगाऊँ आफ्नो साँध
सुरु गरौं श्रमजीवीको आफ्नो अलग राज !
आजैबाट समाजवाद ……!
२०७५|०१|०८
ढल्को