कविताः म बालकृष्ण ढुंगेल

कविताः म बालकृष्ण ढुंगेल

  • मङ्लबार, बैशाख ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

आफ्नै सेनापति द्वारा कैद हुनुपर्ने
मेरो सुप्रीम कमाण्डरको अति प्रिय लालसैनिक
म बालकृष्ण ढुङ्गेल।
जसको आदेशमा मैले घनघोर युद्ध लडें
कयौं मोर्चा जितें कयौं मोर्चा हारें
जेल र नेल बेहोरें,
प्रतिक्रियावादी सत्ताले वलात्कारी र दुराचारी करार गरेका
अपराधिहरुको लात्ती र भकुण्डो खाएर
कालकोठरीमा वर्षौं गुजारें
कमरेड,
मलाई चिन्नु हुन्छ ?
म बालकृष्ण ढुङ्गेल
तिनका यातना गृहमा
निर्मम यातना द्वारा प्रताडित भएर
बारमबार मर्दै र बाच्दै
अन्ततस् जिर्ण भएको
आफ्नै शरिरको भारी बोकेर
२, ४ दिन खुला आकाश मुनि छोडिएको
म त्यहि हजुरको अब्बल रातो सैनिक।
मेरा कति हिसाब किताब त्यतिकै छ्न
अधुरै र अपुरै
लिनु मेरो पनि कम्ती थिएन, तिनिहरुसंग
मैले कोसंग मागौ ?
हिजो अरुको ठाउमा आज हजुर हुनुहुन्छ
उनिहरु हजुरलाई देखाउँछन
हजुर अरुलाई देखाउनु हुन्छ
अनि भन्नू हुन्छ भो छोडिदेउ।
कयौं साल छोडें पनि मैले
तर उनिहरुले छोडेनन।
आज
मलाई खुला हावामा सास फेर्न
मलाई स्वतन्त्र भएर बाँच्न अनि मर्न पनि
प्रतिबन्ध छ।
तपाईले बिर्सिए पनि
तपाईलाई सम्झिरहने
म हजुरको प्रिय सिपाही बालकृष्ण ढुङ्गेल।
बिचाराधिन हजारौं मुद्धा अलपत्र पार्दै
हामीले हाम्रा अदालत विघटन गर्यौं
उहीँ थोत्रा जुत्ता चप्पल भिर्न
हामीले आफ्ना मेहनतले निर्माण गरेको
त्यो महान बिकल्प खारेज गर्यौं।
कयौं आफ्नै सपनाहरुको रेटि रेटि हत्या गर्यौं
हजारौं कुशल र अब्बल कमाण्डरहरुलाई
कयौंलाई सित्तैमा बेच्यौं
कयौंलाई अरबका मरुभूमि खेद्यौं
मेरो प्रिय सुप्रीम कमाण्डर !
के म एउटा प्रश्न सोध्न सक्छु ?
अरुबाट लखेटिंदा लखेटिंदा
थकित गलित यो शरीरले
हजुरको लखेटाई कसरी सहन गर्छ ?
एउटा जवाफ फेरि चाहिएको छ
बिघटित हाम्रा अदालत
फेरि पुनर्स्थापित गरौं या लम्पसार परौं
मेरो प्रिय सुप्रिमो
भन्नुस अब
म बालकृष्ण ढुङ्गेल के गरौं ?

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी