खुला प्रतिस्पर्धाबाटै शिक्षक नियुक्ति गर्ने सरकारको तयारी

खुला प्रतिस्पर्धाबाटै शिक्षक नियुक्ति गर्ने सरकारको तयारी

  • बिहिबार, चैत्र २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौ २९ चैत्त ।
सरकारले हाललाई अस्थायी शिक्षकको मुद्धालाई थाती राखी पहिलो चरणमा खुला प्रतिस्पर्धाबाटै शिक्षक नियुक्ति गर्ने तयारी गरेको छ ।

अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउन तोकिएको परीक्षा चार पटकसम्म स्थगित भएपछि शिक्षामन्त्रलयले हाललाई अस्थायी शिक्षकको मुद्धा थाती राख्ने निर्णय गरेको हो ।

शिक्षा ऐनको आठौ र नवौं संशोधनको प्रावधान अनुसार शिक्षक सेवा आयोगले आन्तरिक प्रतिस्पर्धाबाट नियुक्तिका लागि चौथो पटक गत चैत्र २३ गतेका लागि तोकिएको थियो ।

तर आन्तरिक प्रतिस्पर्धाको प्रावधान खारेज गर्नुपर्ने माग राख्दै विद्यार्थी संगठनहरुले विरोध जनाएपछि अन्तिम समयमा आएर परीक्षा स्थगित भएको थियो ।

त्यसअघि पनि अस्थायी शिक्षकको आन्तरिक व्यवस्थापनका लागि तीन पटकसम्म परीक्षाको मिति तोकिएकामा शिक्षक आन्दोलनका कारण स्थगित भएको थियो ।

हाल आन्तरिक प्रतिस्पर्धामा सहभागी हुनका लागि १६ हजार शिक्षक तयारी अवस्थामा छन् भने खुला प्रतिस्पर्धाबाट शिक्षण पेशामा आवद्ध हुन लाइसेन्स लिएर बसेका विद्यार्थी सात लाखको हाराहारीमा छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी