विद्यार्थी संगठनले पुनः देखाए सक्रियता, मनोमानी ढंगले शुल्क लिएको भन्दै मेयरको ध्यानाकर्षण

विद्यार्थी संगठनले पुनः देखाए सक्रियता, मनोमानी ढंगले शुल्क लिएको भन्दै मेयरको ध्यानाकर्षण

  • मङ्लबार, चैत्र २७, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौं ,चैत्र २७ ।
संयुक्त विद्यार्थी संगठनले नीजि विद्यालयले मनोमानी शुल्क लिएको भन्दै आज काठमाण्डौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यको ध्यानाकर्षण गराएका छन् ।

अनेरास्ववियुकी अध्यक्ष नविना लामा, नेविसंघका अध्यक्ष नैनसिंह महर र अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङद्वारा हस्ताक्षरित विज्ञप्ति बुझाउँदै विद्यार्थी संगठनका प्रतिनिधिले विद्यालय स्तरको शुल्क महंगो भएको दावी गरेका छन् ।

संवैधानिक व्यवस्था अनुसार आधारभूत तहसम्म अनिवार्य निशुल्क तथा माध्यमिक तहसम्म निस्शुल्क शिक्षा दिने दायित्व राज्यले लिनुको सट्टा शिक्षा क्षेत्रमा भइरहेको मनोमानीलाई अनुगमन र नियमन गर्न नसेको बिद्यार्थी संगठनको भनाई छ ।

शिक्षा क्षेत्रमा निजी शिक्षण संस्थाहरुले गरेको मनोमानी र चर्को शुल्क असुल्ने जस्ता कार्यमा स्थानीय तह उदासिन रहेको उनीहरुको आरोप छ ।

यसका साथै जथाभावी शुल्क असुल गर्ने शिक्षण संस्थालाई कारबाही गर्न र सबै शिक्षण संस्थाहरुको शुल्क निर्धारण गर्न समेत विद्यार्थी संगठनले माग गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी