२४ जना व्यावसायिक मोडलहरुबीच फेसन युनाइट््स सम्पन्न

२४ जना व्यावसायिक मोडलहरुबीच फेसन युनाइट््स सम्पन्न

  • सोमवार, चैत्र २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

चैत २६ / काठमाडौँ
काठमाडौं÷ रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजना र एम म्याम बुटिकका फेसन डिजाइनर एनी तण्डुकारको संयोजनमा काठमाडौंमा भव्य फेसन–शो ‘फेसन युनाइट््स’ सम्पन्न भएको छ । २४ जना व्यावसायिक मोडलहरुको साथै नेपाली चलचित्र क्षेत्रका चर्चित नायिकाहरु बीच काठमाडौंको ब्लु स्टार मलमा फेसन युनाइट््स भव्यताका साथ सम्पन्न भएको हो ।
शोमा नेपालका चर्चित मोडलहरुको साथमा कलिउडकी चर्चित अभिनेत्री शुभेच्छा थापाको साथमा एलिजा गौतमसम्मको सहभागिता रहेको थियो । शोमा थापा, गौतम लगायत मोडलहरुले ब्राइडल लेहेङ्गा, गाउन फ्यूजन, वेस्टर्न वेयर, इम्ब्राइडरी, पदमावती, जडाजी डिजाइन, समर पार्टीवेयर, क्याजुयल लगायतका आकर्षक पहिरनहरुमा आकर्षक क्याटवाक गरेका थिए । वेस्टर्न, इस्टर्न टाइपका पहिरनहरुबीच विभिन्न जातजातीको संस्कृति समेत झल्किने फ्यूजन पहिरनहरु पनि शोमा देखिएको थियो । प्रदर्शन गरिएका पहिरनहरुलाई श्रीषा बैदार फैंजु, एनी तण्डुकार, समन प्रजापति, उपासना सराफ, सुमी श्रेष्ठ र अमितेष कर्णले डिजाइन गर्नुभएको थियो ।

फेशन शोको कोरीयोग्राफी भने नेपालका प्रसिद्ध मोडल तथा इन्टरनेशनल कोरियोग्राफर राज फैंजुले गर्नुभएको थियो । आयोजक संस्था रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका फाउन्डर डाइरेक्टर समेत रहेका फैंजुको कोरीयोग्राफीमा मोडलहरुले ¥याम्पमा क्याटवाक गर्दा दर्शकको मन मोहित भएको थियो । नेपालको मोडलिङ र फेसन क्षेत्रलाई अन्तर्राष्ट्रियकरण गर्ने सोचले आफु अघि बढिरहेको र सोहि अभियान अन्तर्गत नै फेसन युनाइट््स कार्यक्रमको आयोजना गरेको फैंजुले बताउनुभयो । दुई दशकदेखि इभेन्ट म्यानेजमेन्टमा कोरियोग्राफी गर्दै आएका फैंजुलाई भारतको ख्यातिप्राप्त फेसन अर्गनाइजेसनले इन्डो–नेपाल कल्चरल एक्सचेन्ज प्रोग्रामको इन्टरनेशनल डाइरेक्टर समेत नियुक्त गरीसकेको छ । रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले वर्षमा ६ वटा कार्यक्रमहरु आयोजना गरीरहेको फैंजुले जानकारी दिनुभयो ।

प्रदर्शन गरिएका पहिरनहरुलाई श्रीषा बैदार फैंजु, एनी तण्डुकार, समन प्रजापति, उपासना सराफ, सुमी श्रेष्ठ र अमितेष कर्णले डिजाइन गर्नुभएको थियो ।
फेशन शोको कोरीयोग्राफी भने नेपालका प्रसिद्ध मोडल तथा इन्टरनेशनल कोरियोग्राफर राज फैंजुले गर्नुभएको थियो । आयोजक संस्था रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका फाउन्डर डाइरेक्टर समेत रहेका फैंजुको कोरीयोग्राफीमा मोडलहरुले ¥याम्पमा क्याटवाक गर्दा दर्शकको मन मोहित भएको थियो । नेपालको मोडलिङ र फेसन क्षेत्रलाई अन्तर्राष्ट्रियकरण गर्ने सोचले आफु अघि बढिरहेको र सोहि अभियान अन्तर्गत नै फेसन युनाइट््स कार्यक्रमको आयोजना गरेको फैंजुले बताउनुभयो । दुई दशकदेखि इभेन्ट म्यानेजमेन्टमा कोरियोग्राफी गर्दै आएका फैंजुलाई भारतको ख्यातिप्राप्त फेसन अर्गनाइजेसनले इन्डो–नेपाल कल्चरल एक्सचेन्ज प्रोग्रामको इन्टरनेशनल डाइरेक्टर समेत नियुक्त गरीसकेको छ । रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले वर्षमा ६ वटा कार्यक्रमहरु आयोजना गरीरहेको फैंजुले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी