नेपालको प्रथम नृत्यकी प्राध्यापक हनी श्रेष्ठको भव्य सम्मान

नेपालको प्रथम नृत्यकी प्राध्यापक हनी श्रेष्ठको भव्य सम्मान

कलाकारीता क्षेत्रको विकासको लागी योजना ल्याउने कानूनमन्त्रीको प्रतिवद्धता

  • बिहिबार, चैत्र २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 18.8K
    SHARES

काठमाडौं /कानून न्याय तथा संघीय मामिलामन्त्री शेरबहादुर तामाङले नेपाली कलाकारिता क्षेत्रको विकासको लागी ठोस योजना ल्याउने बताउनु भएको छ । नृत्य निर्देशक संघ नेपालद्वारा आज काठमाडौंमा आयोजित ‘नृत्य गुरुआमा हनी श्रेष्ठ सम्मान साँझ २०७४ तथा सांस्कृतिक कार्यक्रम’लाई सम्वोधन गर्दै कानूनमन्त्री तामाङले कलाकार मनोरन्जनको माध्यममात्र नभई, देशको पहिचान नै भएको बताउँदै कलाकारिता क्षेत्रको विकासको लागी आफुले हर सम्भव प्रयास गर्ने बताउनुभयो । राज्यले कला क्षेत्र एवम्् कलाकारको सम्मान समयमै गर्नुपर्नेमा तामाङले जोड दिनुभयो ।

त्योभन्दा अगाडि, सोहि कार्यक्रममा कानूनमन्त्री तामाङले नेपालको पहिलो नृत्य प्राध्यापक साथमा नृत्य निर्देशक हनी श्रेष्ठलाई सम्मान गर्नुभयो । कार्यक्रममा मन्त्री तामाङले ताम्रपत्र सहित नृत्य गुरुआमा श्रेष्ठलाई सम्मान गर्नुभयो । त्यसैगरी श्रेष्ठलाई नृत्य निर्देशक संघ नेपालका केन्द्रिय अध्यक्ष भुवनदास श्रेष्ठले दोसल्ला ओढाउनुभयो भने संघका सचिव ज्ञानबहादुर महर्जनले डि–डान पदकबाट श्रेष्ठलाई सम्मानित गर्नुभयो । कार्की ब्यांक्वेटका दिलबहादुर कार्कीले रु.२५,५५५ राशिको चेक श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।
सम्मान कार्यक्रममा स्वागत गर्दै कार्यक्रम संयोजक एवम्् संघका केन्द्रिय कोषाध्यक्ष भावना कार्कीले राज्यले कलाकारिता क्षेत्रलाई राज्यको पाँचौ अंगको रुपमा मान्यता दिनुपर्ने माग दोह¥याउनुभयो । कलाकार सजावटको सामग्री नभई राज्यको पहिचान नै भएकोले कलाकारिता क्षेत्रलाई राज्यको पाँचौं अंगको रुपमा मान्यता दिनुपर्ने कार्कीको भनाई थियो । देशैभरीका नृत्य निर्देशकहरु संगठित भई संघ गठन गरेको दिन श्रावण २६ लाई राष्ट्रिय नृत्य दिवसको रुपमा घोषणा गरिनुपर्ने माग पनि कार्कीले गर्नुभयो ।
२०१५ सालमा विद्यार्थी जीवनबाटै नृत्यको शुरुवात गर्दै आजसम्म नयाँ नृत्यकारहरुलाई प्रशिक्षण दिने, नृत्य सिक्दै गरेका विद्यार्थीहरुको लागी नृत्य सम्बन्धि पाठ््यपुस्तक विकास गर्नेदेखि लिएर यस क्षेत्रमा निरन्तर योगदान दिइरहनु भएकी हनी श्रेष्ठलाई सम्मानित गरिएको कार्यक्रममा जानकारी दिइएको थियो ।
सम्मान पश्चात कार्यक्रममा नेपालका विभिन्न जातजातीको संस्कृति झल्किने लोक मौलिक नेपाली नृत्यहरुको साथमा पाश्चात्य नृत्यहरु समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा शास्त्रीय चर्या नृत्य, लोकनृत्य, कत्थक, भरतनाट्््यमको साथमा चलचित्र नृत्य, दोहरी, रियालिटि शोहरुमा उत्कृष्ट ठहरिका नृत्य, फ्रिस्टाइल, बेलि नृत्य समेत प्रस्तुत गरिएको थियो । 
संघले विगतमा नेपालका पहिलो नृत्य गुरु भैरवबहादुर थापालाई सम्मान गरेको थियो भने अन्तर्राष्ट्रिय नृत्य दिवसको अवसरमा पाँच जना नृत्यगुरुहरुको सम्मान पनि गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी