राजनीति परिवर्तन सगसगै व्यापक आर्थिक सामाजिक परिवर्तन भएन भने राज्यको भित्री मुटुमा पुगेर उत्पिडक राष्ट्रले उत्पीडित राष्ट्रमाथि चलखेल गर्ने सजिलो मार्गतय गर्न सक्छन् – फिडेल क्यास्त्रो
हाम्रो देश मुलत भारतमा बेलायत साम्राज्यको दबदबा रहदादेखिनै वैदेशिक हस्तक्षेप र बेलायत सेनासग राष्ट्रिय स्वाभिमानका लाडाइ लडदै आयको इतिहास साक्षी छ नेपालमा जङ्ग बहादुरको उदय सगै युरोपेली साम्राज्यवाद हाबी भएको हो। प्रापुर्बकालदेखी आर्थिक धार्मिक सस्कृतिक अतिक्रमणको माध्यमबाट नेपाल प्रवेश गरेको छ जस्लाइ टेवा र मलजल गर्नेकाम नेपालमा बिगत देखि बर्तमन सम्म आइपुग्दा त्यस्को निरन्तरता चलिरहेको छ रानासाषनको अन्त्यसगै थुप्रैपटक प्रजातान्त्रिक आन्दोलन चल्दै आएको साचो हो खासगरी हरेक राजनीति परिवर्तन नियंत्रित राजनीति अस्थिरता र अनियंत्रित स्थिर संविधान नेपाली जनताको अगाडी गल्पासो बनाएर यो अबस्थामा पुगाउने पश्चिमी मुलुकहरू सफल भएका छन त्यस्को मुल कारण नेपालका मुलराजनितिक पार्टीको मुल नेर्तित्वले आफ्नो निहित स्वार्थकोलागी राष्टलाइ खतरामा राखेर राजनीति खेलमा प्रवेश गर्नु हो।
राजनीति परिवर्तनको एक समिक्षा ।
आधुनिक नेपाल निर्माण पश्चात् नेपालमा टिके र गुरु दक्षिनाको परिपाटीले जङ्ग बहादुर राणा सम्म अयको नेपालको शासन ब्यबस्था जङ्गबहादुरको उदय सगै राणा र शाही जादिय राज्यको दिपछिय शक्तिको त्रनाल चलेको थियो पछि भारत स्वतन्त्रता सगै नेपालमा परेको राजनीतिक प्रजातान्त्रिक प्रभावसगै रानाहरुको उदण्ड हैकमको बर्खिलापमा राजा त्रिभुवन सहितको समलग्नतामा राणासासनको विरुद्ध काग्रेश बामपंथी र नेपालको नागरिक समाज सहितको सयुक्त पहलमा राना शासन अन्त्य पश्चात् पुन शाही जादिपरिवार शक्तिशाली रूपमा रहिआएको र जनताको मौलिक हकहित अधिकार पुन पुरानै यथास्थितिमा रहनुले तत्कालीन नेता बिपि कोइरालाले थालियको राष्ट्रिय मेलमिलापको नितिअनुरु राजतन्त्रको अगाडि प्रजातन्त्र तरबारको मुन्तिर तेर्सियको बलिको बोकाझै भयो जस्ले २०१९ सालमा राजाले घटायको फौजिकाण्डलाइ लिन सकिन्छ त्यसपछि तिसबर्ससम्म निरंकुश पन्चायती ब्यबस्थाले राज्यसताको मुल बागडोर समालेको हो २०४६ सालको जन आन्दोलन पश्चात् प्राप्त उपलब्धिलाई तत्कालीन सत्तसेन दल नेपाली काग्रेस आर्थिक उन्नति र प्रगति समृद्धिको अलवा भ्रष्टाचार तिब्र अक्रमन्यता सगै राष्ट्रिय स्वाभिमानका केहिमुद्दामा स्वार्थको लागि बिकृबितरन तिर जानुले नेपाली जनसमुदायमा एउटा तिब्रतम बितृष्नाले ०५२ मा जनयुद्धको जन्म र बिधिबत सुरुवात भयो राष्ट्र व्यापक अक्रमन्यता वर्गसंघर्ष र प्रतिपक्षी एमालेको सम्झौता स्वार्थले गर्दा बिशेश गरि युरोपेली र अमेरिकी साम्राज्यवादका प्रमुख एजेन्टहरु एनजीओ र आइएनजिओको माध्यम बाट शान्ति र मानव अधिकार बादिको नामले एमालेभित्र ब्यापक्ता छयो जस्ले नेपाली समाजमा नियंत्रित राजनीति अस्थिरता यथावत राख्न दस बर्शको जनयुद्धको अब्यबस्थित अवतरण गराउन र नेपाललाई आफ्नो स्वार्थसिद्ध गर्न भारतलाई बैशाखी बनायर युरोपेली युनियन र अमेरिकी साम्राज्यवाद नयाँ परिबन्धसहित आयको तत्कालीन भारत र नेपालका राजनीति दलहरूले बुझ्न नसकेको यथार्थ थियो।जस्ले १२ बुदे सम्झौता सहित संघियता धर्मनिर्पेछ्यताको गलपासो प्रचण्ड मार्फत भिडाइयको हो। माओवादी पार्टीको फुट र गुटपगुटमा बिभाजनपनि वैदेशिक गुरुयोजना भित्रको एउटा मुलपाटो हो।तत्कालीन एनेकपा माओवादी जनताबाट अनुमोदित रूपमा शक्तिशाली राजनीति दलको रूपमा स्थापित भएपछि जस्ले अबैज्ञानिक रूपमा धर्मनिर्पेछेता र संघियताको एजेन्डा जनताको बीचमा लिदाको परिणाम माओवादी केन्द्र तेस्रो दलको रूपमा स्थापित भयो एस्को लगतै संविधान घोषणा र कार्यनयन सगै पश्चिमी मुलुकहरूले आफू अनुकुलको एजेन्डा सस्थागत गर्न बामपंथी एकता र पार्टी एकताको नौटङ्की गरेर दोन्दको गलपासो प्रचण्ड मार्फत केपिको गलामा भिडाइयको छ। भने केपिवली मार्फत नश्लिय राष्ट्रबादको गनाउने माला प्रचणड्को घाटिमा बाधियको छ।
संबेदनसिल राष्ट्रिय समस्या र बर्तमन सरकार ।
पश्चिमी मुलुकहरूले भारत र चिनलाइ मध्यनजर गरेर एशियाली मुलुकमा आफ्नो बलियो उपस्थिति जनाउनको लागि नेपाल लाई सामरिक महत्त्वको मुख्य ककफिडको रूपमा नेपाललाई मान्दै आयको छ जस्को स्वार्थपूर्तिका लागि नेपाल गृहयुद्धको एउटा चरम अस्थिरता बल्झिरहोस भन्ने अमेरिकी र युरोपेली चहाना मुताबिक आफ्ना एनजीओ मार्फत धार्मिक छेतृय जातीय साम्प्रदायिक दङ्गा भड्किलो योजनाको बीउ रोपेको छ बर्तमन अबस्थामा पहिचानको नाममा समाजमा सामाजिक बिखण्डन र घृणाको राजनीति बामपंथी सरकारको पालाको बिचमै घुसपैठ गराउने खतरापूर्ण योजनाको सुरुवात भएको छ।
बर्तमन सरकार र मुल समस्या ।
बर्तमन सरकार मुख्यत नेपाली समाजको इमोसनल मानसिकता लाई सम्बोधन गर्न बामपंथी एकताको नाममा युरोपेली गुरुयोजना लाई कार्यरुपदिन बनाइयको बुखेचा हो यो सरकारले बर्तमन अबस्थामा देखियको मधेसी सिके रावत र पहाडी नश्लिय सिकेरावत जनमाउने कोसिस युरोपेली र अमेरिकी मुलुकहरू बाट भरपुर कोसिस गरिएको छ।जस्लाइ मलजल पोसन गर्ने काम यो वा त्यो रुपले बामपंथी नामको सरकारको बआध्यात्मिक अवस्था आइलाग्ने जरुर देखिन्छ।
पश्चिमी साम्राज्यवाद र प्रचण्डको राजनीति यात्रा ।
नेपालमा दस बर्षको जनयुद्धको भयानक र खतरापूर्ण तरिकाले हत्यागरायर वैदेशिक साम्राज्यवादको बैसाखी बनेका छन वर्गसंघर्ष लाई बिधिबत अन्त्य गरायर जातीय र धर्मका नारामा सस्तो लोकपि्रयताको छेनिक स्वार्थमा एनजीओबादी पहिचानको बाटो अङ्गालनु आफू र राष्ट्रलाई हस्पिटलको बाटो नभएर मसानघाटको बाटो अबलम्बन गरेका छन पहिचान र आत्मनिर्नयको बुक्ला फुस्रा प्रचारप्रसारले देशमा साम्प्रदायिक बिखण्डनको उत्पादन गरायको छ एनजीओ र आइएनजिओ यस्ताखाले जातीय छेतृय धार्मिक दोन्द उत्पादन गराउन बामपंथी सरकार र केपि प्रचण्डको टुपि कसेर समर्थन गर्नेछ्न अन्तत यो पहिचानको नाममा नेपाली समजलाइ आफ्नो पाचौं पुस्ता अगाडिको पुस्तालाई भुल्ने प्रकारको नेपाली अनुहारमा गोराहरुको रितिरिवाज ल्याउन वर्गसंघर्षलाई रद्दिको ट्वाङमा फालेर हाइब्रेड साम्प्रदायिक युदको तरबार समत्नुलाइ कम्युनिस्ट मजाक बाहेक अर्को केहि होइन।
लेखक: संसारसेन पृथक