प्रहरी हस्तक्षेपकाबीच नेकपाद्धारा बालकृष्ण ढुंगेलको रिहाईको माग गर्दै र्याली (भिडियो सहित)

प्रहरी हस्तक्षेपकाबीच नेकपाद्धारा बालकृष्ण ढुंगेलको रिहाईको माग गर्दै र्याली (भिडियो सहित)

  • मङ्लबार, चैत्र २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 15.3K
    SHARES

१९ चैत्र,काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टीले बालकृष्ण ढुंगेलको रिहाईको माग गर्दै आज काठमाण्डौमा प्रर्दशन गरेको छ ।
जनयुद्धकालिन मुद्दामा माओवादी नेता ढुंगेललाई फसाईएको भन्दै नेकपाका जनवर्गीय संगठनहरुले आज काठमाण्डौको शान्तिबाटिकामा विरोध प्रर्दशन गरेका हुन् ।
ढुंगेलको रिहाइको माग गर्न आयोजित शान्तिपूर्ण र्यालीमा प्रहरीले हस्तक्षेप गरेको थियो । शान्तिबाटिकाबाट शुरु भएको र्यालीलाई प्रहरीले हस्तक्षेप गर्दै अगाडि बढ्न नदिएपछि केहिबेर नाराबाजी गरेर कोणसभामा परिणत भएको थियो ।
मंगलबार शान्तिबाटिकमासयौंको संख्यामा जम्मा भएका नेकपाका नेता कार्यकर्ताहरुलाई र्याली गर्न नदिएपछि गृहमन्त्री रामबहादुर थापा बादलको ठाडो निर्देशनमा कार्यक्रमलाई रोक्न खोजिएको भन्दै ढुङगेल जस्ताको बलिदानबाट सत्तामा पुगेपछि उनीहरुलाई जेलमा पुर्याउने भन्दै उनीहरुले प्रचण्ड र वादलको चर्को बिरोध गरेका थिए ।


डिएसपीको नेतृत्वमा रहेको प्रहरीले र्याली नगर्न आग्रह गर्दै माथिको आदेशका कारण आफुहरुले र्याली गर्न नदिने भन्दै शान्तिबाटिका अगाडि बढ्न खोमाजेको जुलुशलाई रोकेपछि सोही स्थानमा विरोध कोणसभा आयोजना गरिएको थियो।


कोणसभालाई नेकपा निकट युवा संगठन रेड फोर्स नेपालका अध्यक्ष विवश राई र महिला सगंगठनकी महासचिव धिरेन्द्रा उपाध्यायले धारणा राख्नुभएको थियो ।
सो क्रममा ढुङेललाई तत्काल रिहा गर्न माग गर्दै वक्ताहरुले हिजो जनयुद्धका क्रममा कासन गर्नेहरुले अहिले आफ्नै कार्यकर्तालाई जेल पठाएर आफु शासन गरिरहेको भन्दै जनताले अब यो गद्धारी धेरै दिन हेरेर नबस्ने चेतावनी दिए ।
उनीहरुले ढुङगेल जेलमा भएपनि उनको विचार सडक र जनतामाझ फैलिएको भन्दै उनीमाथि लागेको आरोपको जवाफ प्रचण्ड वादलले दिनुपर्ने बताएका थिए ।
जनयुद्धकालिन घटनामा ढुङगेल र उनीजस्ता क्रान्तिकारी योद्धाहरुलाई जेल हालेर गम्भिर गल्ति गरेको भन्दै त्यो घटना अपराध नै हो भने प्रचण्डले लिनुपर्ने र यसबारे प्रष्ठ पार्नुपर्नेमा उनीहरु बताए ।


कार्यक्रममा सहभागीहरुले आफुहरु सबै ढुङगेल बन्न तयार रहेको भन्दै नाराबाजी गरेका थिए ।
यसअघि माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ गृहमन्त्री भएपछि उहाँले ंगेललाई भेटेरै रिहाईको लागि पहल गर्ने प्रतिवद्धता गरेर फर्कनुभएको थियो । तर, अहिलेसम्म उहामाथि लागेको मुद्दाबारे सरकारले कुनै छलफल गरेको छैन ।
त्यसैगरी नेपाली सेनाले जनयुद्धकालिन मुद्दामा नेकपाका नेता झलककुमार भगतलाई सर्वस्वसहित सैनिक जेलमा राखेको छ । नेकपाले भगतमाथि लगाइएको मुद्दाको पनि विरोध गर्दै आएको छ ।

भिडियो हेर्नुहोस् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी