प्रदेश– १ कै पहिलो र फरक ‘स्मार्ट स्कुल’ सप्तश्री एकेडेमी सञ्चालनमा अाउदैँ, यस्ताे छ विशेषता !

प्रदेश– १ कै पहिलो र फरक ‘स्मार्ट स्कुल’ सप्तश्री एकेडेमी सञ्चालनमा अाउदैँ, यस्ताे छ विशेषता !

  • बिहिबार, चैत्र १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 13.7K
    SHARES

पहिलो पटक काठमाडौं उपत्यकाबाहिर झापाको दमकमा आधुनिक युगअनुकूल शिक्षामा नयाँपनसहित सिप, संस्कार एवम् व्यावसायिक र वैज्ञानिक प्रविधिमा आधारित शिक्षा प्रदान गर्ने उद्देश्यले सप्तश्री एकेडेमी सञ्चालनमा आउँदैछ ।

आउँदो शैक्षिक सत्र, २०७५ देखि कक्षा सञ्चालनको तयारीमा रहेको सप्तश्री एकेडेमीलार्इ त्यस क्षेत्रमा विद्यार्थीका लागि ‘सुपर स्कुल’ मानिएको छ । यस एकेडेमी (विद्यालय) मा हुने आफ्ना बालबालिकाहरुको गतिविधिबारे घर वा अफिसमै बसीबसी इन्टरनेटको माध्यबाट जानकारी पाउन सकिने प्रविधियुक्त व्यवस्थापन गरिएको सञ्चालकहरूले बताएका छन् ।

यथेष्ट भौतिक पूर्वाधार, मन्टेश्वरी शिक्षण विधि तथा बालमैत्री वातावरणमा पढाई सञ्चालन गर्ने उद्देश्य राखेर सात जना युवाहरुको सक्रियतामा यो एकेडेमी सञ्चालनमा आउन लागेको हो । यसका लागि दमक– ९ मा १२ कठ्ठा जग्गा समेत विद्यालय व्यवस्थापनकै स्वामित्वमा लिएर एकेडेमीले पूर्वाधार निर्माण गरिसकेको छ ।

लगभग १२ करोड रुपैयाँको लगानीमा एकेडेमीमा स्थापना भएको संस्थापकहरू बताउँछन् । औषधि व्यवसायको क्षेत्रमा क्रियाशील युवा दमक– ६ का स्थायी वासिन्दा अनिल सुवेदीले यसको नेतृत्व लिएका छन् । उनी यस एकेडेमीका निर्देशक हुन् । उनीसँगै यस टिममा काठमाडौं, धरानलगायतका प्रतिष्ठित ठाउँमा लामो शैक्षिक अनुभव सँगालिसकेका शैक्षिक व्यक्तित्वहरु संलग्न छन् ।

कहाँ छ यो विद्यालय ?

सप्तश्री एकेडेमी झापा जिल्लाको दमक चोकबाट पश्चिम, शान्तिमार्गबाट दुर्इ सय मिटर दक्षिणमा अवस्थित छ । चारतले भवनसहित यथेष्ट पूर्वधारयुक्त यस एकेडेमी ‘हार्इ–टेक कन्सेप्ट’ अनुरूप सञ्चालन हुँदै छ ।

यहाँ कस्तो हुन्छ त पढाइ ?

सप्तश्री एकेडेमीमा अध्यापनका निम्ति तीन वर्षसम्मका लागि काठमाडौंबाट अनुभवी ‘विद्याललय कन्सल्टेन्ट’ झिकाइएको छ । अनुभवी ‘कन्सल्टेन्ट’ को प्रत्यक्ष रोहबरमा यस वर्ष ‘बेबी केयर’ देखि कक्षा– ५ सम्मको पठनपाठन सुरू हुँदैछ ।

यहाँ बालबालिकालाई मल्टिमिडियाको माध्यमबाट पढाइन्छ । बालबालिकाका लागि पढाइसँगै चाहिने मनोरञ्जन र अन्य सुविधाहरु सहज रुपमा उपलब्ध हुने बताउँदै निर्देशक सुवेदी भन्छन्– ‘दमकमा मात्रै होइन, उपत्यकाबाहिर नै सप्तश्री एकेडेमीको जस्तो पूर्वाधार र शैक्षिक वातावरण अरु कुनै स्कुलमा छैन । हामी कसैको प्रतिस्पर्धी पनि होइनौं र हाम्रो प्रतिस्पर्धी स्कुल पनि यहाँ छैनन् । अरु बोर्डिङ स्कुल अथवा मन्टेश्वरीले दिनेभन्दा बिल्कुलै फरक किसिमबाट हामी शिक्षा दिन्छौं । यहाँ विद्यार्थीका लागि आवासीय सुविधा समेत उपलब्ध छ । कोर्षका अतिरिक्त बालबालिकाको चौतर्फी ज्ञान र मनोरञ्जनसहित हामी बिहान ८ देखि बेलुकी ६ बजेसम्म कक्षा सञ्चालन गर्छौं ।’

यो एकेडेमीमा यस वर्ष २ सय ५० जना मात्र विद्यार्थी भर्ना गर्ने लक्ष्य लिएको छ । यस विद्यालयमा एयर कन्डिसनसहितका कक्षाकोठा निर्माण गरिएका छन् । काठमाडौंबाहिर अहिलेसम्म यस किसिमको शैक्षिक वातावरणमा छिमेकी मुलुक भारतको सिलिगुढी, दार्जिलिङ, सिक्किम, खर्साङलगायतका सहरमा मात्रै पढाइ हुने गरेको छ ।

उपत्यकाबाहिर, त्यसमा पनि पूर्वी नेपालमा यस किसिमको सुविधासम्पन्न शिक्षा दिने शैक्षिक संस्था नभएकोमा यस एकेडेमीले नै आफ्ना बालबालिकालाई आफूले चाहेजस्तो शिक्षा दिने सुविधा उपलब्ध गराएको प्रतिक्रिया अभिभावकहरुले दिएका छन् । स्वदेशमै गुणस्तरीय शिक्षा प्रदान गरौं भन्ने सोचका साथ सप्तश्री स्थापना गरिएको निर्देशकको दावी छ ।

उनी भन्छन्– ‘गुणस्तरीय, प्रविधियुक्त र व्यावहारिक शिक्षाका लागि युवा जनशक्तिलाई दिनहुँ विदेशिने क्रमलार्इ न्यूनीकरण गर्न र स्वदेशमै गुणस्तरीय शिक्षा सम्भव छ भन्ने उदाहरण दिनका हामीले ठूलो लगानीका साथ सप्तश्रीको परिकल्पना गरेका हौं ।’

जीवनोपयोगी अतिरिक्त क्रियाकलापहरु…

यस एकेडेमीले सिप, संस्कार र जीवनोपयोगी अतिरिक्त क्रियाकलापहरुको व्यवस्थापन गरेको छ । यहाँ नर्सिङ केयर, योगा, नाटक, नृत्य, संगीत, मार्सल आर्ट, टेबलटेनिस, ब्याडमिन्टन, बास्केटबल, क्रिकेट, भलिबल, स्विमिङ पुल, फुटसललगायत १५ भन्दा बढी क्रियाकलापको सुविधा उपलब्ध हुने बताइएको छ ।

को हुन् निर्देशक सुवेदी ?

बुबा मेघराज र आमा विष्णुदेवीको कोखबाट २०४१ साल माघ १४ गते मोरङको बयरवनमा जन्मिएका सुवेदी औषधि व्यवसायको क्षेत्रमा क्रियाशील छन् । उनी पेशाले फर्मासिस्ट हुन् । यस क्षेत्रका सामाजिक तथा व्यावसायिक क्षेत्रमा उनको नाम अग्रपंक्तिमा आउँछ ।

उपत्यकाबाहिर यस्तो प्रविधिमैत्री तथा अन्तर्राष्ट्रियस्तरको शिक्षा दिने उद्देश्यका साथ स्थापना गरिएको पहिलो शैक्षिक संस्था नै यही सप्तश्री एकेडेमी भएको बताउँदै निर्देशक सुवेदी भन्छन्– ‘यस क्षेत्रका सम्पूर्ण अभिभावक तथा शुभचिन्तकहरुलाई एक पटक संस्थामा आई आवश्यक सरसल्लाह दिन तथा परामर्श लिन आग्रह गर्दछौं । सप्तश्रीमा पढेका विद्यार्थीहरुले नै भोलि साँचो अर्थमा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्नेछन् र संस्कार तथा सभ्यतायुक्त समाजको निर्माणमा उदाहरण बनेर प्रस्तुत हुन सक्नेछन् भन्ने कुरामा हामी पूर्ण रूपले विश्वस्त छौं ।’

विद्यार्थी भर्नाको यस्तो छ व्यवस्था…

यस विद्यालयले विद्यार्थी भर्नाका लागि चैत १५ देखि नै विद्यालय हाताबाट आवेदन फर्म वितरण गरिरहेको छ । सिट सीमित रहेकाले छिटै नै आफ्ना नानी–बाबुहरुको आवेदन फर्म भर्न विद्यालयले सम्बन्धित सबैमा अनुरोध गरेको छ ।

सप्तश्री नै किन त ?

– सिप तथा प्रविधिमा आधारित सिकाइ–क्रियाकलाप ।
– नैतिक शिक्षा र आध्यात्मिक चेतनामा आधारित संस्कारसहितको शिक्षा ।
– सूचना प्रविधि, कम्प्युटर तथा सफ्टवेयरमा आधारित सिकाइ–क्रियाकलाप ।
– असल र सफल व्यक्तित्व निर्माणमा केन्द्रित परामर्श तथा अतिरिक्त क्रियाकलापहरु ।
– निरन्तर रचनात्मक मूल्याङ्कन विधि–प्रविधिको प्रयोग ।
– पुस्तकालयमा आधारित नियमित क्रियाकलापहरु ।
– परियोजनामा आधारित शिक्षणविधि र प्रयोगहरु ।
– प्रयोगात्मक कक्षाशिक्षण तथा सिकाइविधि ।
– नियमित परामर्श, सहयोग र अन्तर्क्रिया ।
– नियमित योगा तथा शारीरिक अभ्यासहरु ।
– प्रतिस्पर्धात्मक र रचनात्मक कार्यक्रमहरु ।
– प्रविधिमैत्री शिक्षण सिकाइ–क्रियाकलाप ।
– शैक्षिक भ्रमण तथा स्थलगत सिकाइ–अभ्यास ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी