अनर्थ नभैदिओस् – डा. उत्तम खनाल

अनर्थ नभैदिओस् – डा. उत्तम खनाल

  • आइतवार, चैत्र ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

वेद, जगत हितका लागि वनाईएको  सौम्य नीति शास्त्र हो । यसले सम्पूर्ण जगत हितायका साथ साथै मानिस लगायत अन्य प्राणीहरुको पनि कल्याण गर्दछ । त्यही वेदमा यसो पनि भनिएको पाईयो कि मानिसले कहिले काही हिंसा पनि गर्नु पर्छ । तर हिंसा केका लागि गर्ने र केलाई गर्ने भनेर स्पष्ट किटान गरिएन । केही विद्दानहरुले हिंसाको अर्थलाई सहि ढंगले व्याख्या गरेनन् वा गराउन सकेनन् । फलस्वरुप अज्ञानता र अल्प ज्ञानका कारण मानिसले आफूवाहेक अन्य सबै प्राणिलाई वध गर्नु पर्छ भन्ने धारणा विकसित गराए । परिणाम मानिसले आफू वाहेक अन्य सारा निर्दोष प्राणीको हत्या ग¥यो र समाजलाई हिंसा गर्न उत्प्रेरित गरायो । आफ्नो अभिष्ट प्राप्तिका लागि जे जति चौपाया वा पशुपंछिहरु छन् तिनीहरुलाई भेटे जति समात्दै काटे अनि आफू अनुकुल मासुका परिकार बनाएर खाए । यसलाई विजयको उन्माद ठानियो र मत्ताहात्तिको चालवाजीमा हुंङकार मच्चाईयो । धर्मका नाममा देवदेवी भाकल गर्दै कर्म प्राप्तिका खातिर पशुपंक्षीहरु आलोपालो वलीका रुपमा समर्पित  गरियो ।
यहाँ एउटा प्रश्न उठ्छ, वेदमा लेखेको हिंसाको अर्थ के हो ? के पवित्र ग्रन्थ वेदले पशुहिंसाका लागि मानिसलाई पेरित गरिरहेको हो त ? के अन्य प्राणी भन्दा शक्तिशालि हुनाले नै हो त मानिसलाई सर्वश्रेष्ठ प्राणी भनिएको ? जवाफ विलकुल होईन । बरु मानिसले सबै प्राणीको हित गर्नुपर्छ भनिएको थियो वेदमा  । वेदले वताए अनुसार हिंसाको आसय हो, “मानिसमा कुनै वेला यस्तो कुवुद्धिको घमण्डले वास गर्छ यदि यसलाई आफैले आफैद्धारा मारिएन भने त्यसको जड मौलाउदै सारा जगतलाई धमिल्याई दिन पनि सक्छ” । फलस्वरुप आफू भित्र रहेको कुविचार र घमण्डको हिंसा गरिएन भने न जगतको हित हुन्छ नत आत्मा शान्ति नै मिल्छ । यसकारण कुविचारको हिंसा गर, घमण्ड र तामसिपनको अन्त्य गर भनेर वेदले वतायो । तर ठिक उल्टा अपव्याख्याका कारण मानिसले आफू भित्र भरिएको लालची, घमण्ड, क्लेश, ईस्र्या आदिलाई हिंसाद्धारा अन्य गराएन बरु प्राणी हत्या गर्दै जगतमा  अशान्ति फैलायो । जगत हितका लागि आफ्ना चेलाहरुलाई बुद्धले कहिल्यै झुटा नबोल्नु भनि अर्ति उपदेश दिए । तर यसको अर्थ यो पनि थिएन कि साँचो बोल्दा कसैको ज्यान जाओस् । यसैकारण बुद्धले स्वयम पनि झुटा वोलेका थिए तर कसैको ज्यान बचाउनका लागि ।
भावना र विचारहरु सहि रहँदा रहदै पनि कहिले काहीे बुझाईमा आउने कमी र अपव्याख्याका कारणले एउटा विषयको अर्थ अनर्थ हुन सक्छ । बुझाउन नसक्नु कमजोरी कस्को ? अहिलेको संविधानले दलहरुले भने झैं वेदकै नीति सरह अधिकार स्थापित गराएको किन नहोस् । प्रकाण्ड राजनैतिक विद्दानको अपव्याख्या वा अल्पव्याख्याले साम्प्रदायिक  एकता माथि आँच आउने प्रश्न चिन्हहरु खडा हुन सक्दछन् त्यसलाई मत्थर पारिनु आवस्यक छ । हैन भने विश्वका अधिकांस देशमा क्रिस्टियानिटीको संख्या कम हुँदै आएको अवस्थामा नेपालमा धमाधम चर्च बनाउने र बढाउने काम किन आवस्यक थियो । अहिले अमेरीकामा समेत वेदको अध्ययन अनुशन्धान र अनुसरण गर्ने काम हुँदा नेपालमा यसको अनादर किन आवस्यक थियो । रुस जहाँ हिन्दुधर्मको व्यापक अध्ययन हुन्छ, भागवत गीता रुसीहरुले नेपालमा आएर नेपालीहरुलाई सिकाउन थालेका छन्, यसलाई के भन्ने ? आज मानिसको ध्यान गुम्वा र मन्दिर तर्फ केन्द्रित छ विश्वका धेरै देशहरुमा तर नेपाल खान र खुवाउनका लागि आफ्नो धर्म संस्कृत बेचिरहेको छ । तिनै हवाला दिनेहरु यो वा त्यो नाममा भ्रष्टाचार गर्ने र धन कमाउने खेतिमा व्यस्त छन् । राजनीतिक आकास पुरै धमिलिएको छ जनताको नजरमा । तर हामीले जनताका नाममा धेरै गरिरहेका छौ भनेर तिनै व्यक्तिहरु उफ्रन छाडेका छैनन् । आफ्नै स्वार्थ र आसेपासेमा दलिय भागबण्डाहरु गरेरै सरकार संचालित भैरहेको छ । नियम र कानूनको जप गरिन्छ तर शक्तिहुनेहरुका लागि त्यसको कुनै आवस्यक महत्व रहदैन ।
हरेक दलका व्यक्ति नेता हुन चाहेका छन् । नेतृत्व भागबण्डा गरिन्छ । चाहे सरकार बनाउन होस् या पार्टी एकिकरण गरिएको भन्ने किन नहोस् । त्यहाँ विचार र सिद्धान्तको कुनै लेखाजोखा गरिदैन, गरिन्छ त केवल पदिय अधिकारका विषयमा भागबण्डा । अहिलेको संघियताको अभ्यासका प्रतिफलहरु जनताका नजरमा यस्तै बनेको छ । भन्ने गरेका छन् संघिय शासन प्रणली भागबण्डाको राजनीति हो रे । कारण यो पनि रहेछ प्रदेश सरकार बनाउँदा धेरै व्यक्तिले नेता हुने आसर पाउने । कोहि सभामूख, उप सभामुख, विपक्षिदलको नेता, मुख्य मन्त्री, मन्त्री के के हो के के । भनिन्छ यसले धेरैका  भावनाहरुलाई आत्मसाथ पनि गर्छ रे तर नेतालाई मात्र । जनताका लागि विकासका फोस्रा नारा तथा आस्वासन मात्र । सुनिदैछ यसपालिको वजेटमा साधारण खर्च नै सबै हुन्छ अर्थात अब मागेर संघिय शासन व्यवस्था टिकाउनु पर्ने हालतमा देशले व्याहोर्दै छ । उत्पादन खासै छैन, आयातित अर्थ व्यवस्थामा राजनीति चलेको छ । यो कति दिगो र टिकाउ होला, कसैले अनुमान लगाउन सकेका छैनन् । बरु सत्ता हत्याउन आफ्नै पार्टीका नेतालाई आफ्नैले सिध्याउने चलखेल गरेको देखियो । यसलाई राजनीति वेईमान नभनेर के भन्ने ? के यो राजनीति भित्रको मौलाएको भ्रष्टाचार नभए के हो त ? यस्ता कार्यले अझ कति समय गति लिने हो जनता मैन छन् । तर मौताको धैर्यता सकिएको दिन ति नेता र तिनका कार्यकर्ता कुन दुलोमा लुकेर बस्नेछन् साहेद अनुमान भन्दा टाढा छ ।
नेपाली समाज आफैमा अपार थियो । विविधता भित्रको एकतामा रमाएका जनता आज यो र त्यो को वहानामा आपसी माखेजालो बुनेर अल्झिदै गरेको देख्दा कतै वाटो विराएर हिड्न थालने त हैन भन्ने अविश्वास पलाएको छ । राजनीतिक युद्ध त सकियो होला अब देशमा विस्तारै धार्मिक एवं जातिय दंगा फैलिने खतरा बढ्दैछ । यसमा स्वयम राजनीतिक तहका नेताहरु सलबलाउन थालेका देखिन्छन् । उनिहलाई यो पनि थाहा छ कि कुन समयमा के विषय उठान गर्दा आफ्नो अभिष्ट पुरा गराउन सकिन्छ । भनिन्छ असारमा धान नरोप्ने, आफ्नै खेत वाँझै राख्ने अनि अर्काको पाकेको धान देखेर बाली भित्र्याउन दिन्न भन्ने पाठ पढाउने पण्डित पनि तिनै नेतागण हुन । यो कुरा सोझा जनताले पत्याए त्यो उनको झुल थियो । तर समय सधै एउटै रहँदैन । जनताले सबै राजनीति दलको राज थाहा नपाएका पनि होईनन् । क्रान्तिबाट जन्मने प्रतिक्रन्तिले उत्पादन गर्ने विजको अंकुर्ण कस्तो रहला त्यसलाई नजर अन्दाज गर्न सकिन्न ।
प्रादेशिक संरचना र संघको ढांचा त निर्माण गरियो तर दलहरुका आ–आफ्नै राजनैतिक मागहरु पुरा भएका छैनन् । जनतासामु गरेका वाचा वा कवोलहरु पनि धेरै हदसम्म उदारै छन् । ति कवोलयुक्त वाचाहरु पुरा गराउन सकिएन भने भोलिका दिनमा राजनैतिक हैसियत ति दलका पनि नरहे पक्का छ । यहि चपेटामा रुमलिएको परिवेशलाई फर्केर हेर्दा जातियता र साम्प्रदायिकतालाई कसैले दलिय अखडा बनाएर राजनीति गरेको पनि हुन सक्छ भन्न सकिन्छ । यसका विषय र घटना परिवेसहरु बाहिर छरपस्ट रुपमा नआएका पनि हुन सक्छन् । यदि यसै हो भने एमाले माओवादी विचको सातबुदे समझदारीले कस्तो परिणाम देला त्यो हेर्न बाँकी छ । यसपालिको चुनावले राप्रपाको हैसियत कस्तो भयो, उसलाई यो पनि थाहा छ । धार्मिक सवालका आवाजहरु उठान गर्न उसले निरन्तर प्रयास गर्छ नै । आन्दोलन आन्दोलन नै हो, चाहे धर्म होस् या नागरिकताको सवालमा । जातियताको सवाल वा सिंमांकन वा प्रादेशिक राजधानी नै किन नहोस् ।  यि आन्दोलनले ल्याउने परिणाम राजनैतिक प्रतिषोदपूर्ण संकट मात्र हो । जसलाई तिनै राजनीति कर्मीले जन्माए, हुर्काए र बढाए पनि ।
सनातन धर्म भनुँ या धर्म निरपेक्षता, नेपालहरुको आफ्नै सांस्कृतिक जातिय विविधता भित्रको एकता अभूतपूर्व पहिचान हो । भूगोल जहाँ नेपाल छ सबैको भावनाले स्थान विशेष कदर पाएकै हुन्छ । नेपाली सस्कृतिमा होमे (वाहुन) र डोमे (दमाई) को स्थान पवित्र गठवन्धनको रुपमा रहदै आएको देखिन्छ । वाहुनले कर्मकाण्ड गर्दा अछुत भनेर हेरिएको दमाई जातिले थुक लगाएको धागोले सिलाएको वस्त्र त्यही यज्ञमा पवित्र मानिनु जातिय समानताको अधिकारको कुरा नभएर के हो त । तर समानताको अर्थ लगाउनेहरुले आफू अनुकुल अपव्यख्या गरि दिदा आपसी सद्भावमा खल्वलिन गयो । कार्यगत एकताका लागि चार वर्ण भित्र आसिन समकालिन समाजका प्रत्येक व्यक्तिको महत्वलाई मनन् गरी विभिन्न मान र पदविहरुद्धारा विभूषित गरियो । लेखपढ गर्नेलाई वाहुन, फलामको काम गर्नेलाई कालिगड कामी (ईन्जिनियरलाई), जुत्ताको बनाउने  डिजाईनरलाई सार्की, युद्ध लढ्ने कलाकौसल भएको तथा सुरक्षाको काम गर्न सक्ने वहादुरलाई क्षत्रि, व्यापारका माध्यमबाट वजारमा सबै खालका मालसामानहरु सहज तरिकाले आपूर्ति गर्ने व्यक्तिलाई वैश्य  । तर अपव्याख्याकार पण्डितले जातियताको दृष्टिगत कसिमा कैद गरिदिए फलस्वरुप आफू अनुकुल समाज वर्ग र जातिलाई प्रयोगशाला बनाए ।
महर्शी भृगुले प्राणी हितका लागि वेद तथा विज्ञानको सामिप्यता परिक्षण गर्न योग, दर्शन र वनस्पति अध्ययनको गहिराई पहिचान गरे । व्यास ऋषिले वेदलाई सबैले बुझ्ने सरल वनाउन चार भागमा विभाजन गरे । राजनीति कर्मीले आफ्ना एजेण्डाहरु कार्यान्ययन गराउन वेदकै अनुसरण गर्दै साम, दाम, दण्ड र भेद नीतिको अनुसरण गरे । यही राजनीति भित्र कसैलाई जातिका रुपमा समावेश गरिए त कोही धर्मका नाममा । संघिय संरचनाको परिकल्पनाले निर्धारण गरेको स्थानिय तह, प्रदेश र संघ सबै जात जाति, धर्म, भाषा भाषी, रहनसहन, संस्कार र भेषभूषा विकासका लागि  वेदकै स्वरुपमा तीन भागमा विभाजित गरिएका पनि हुन सक्छन । यो वास्तविकता जनता माझ उजागर गराउने नैतिक दायित्व लिएका राजनैतिक दलहरु नै विचलन भई स्पष्ट हुन नसक्दा अर्थको अनर्थ भैदिन्छ । साम्प्रदायिक एकता माथि आँच आउने उत्तेजित अभिव्यक्तिले नेपाली विविधता माथिको एकता र सद्भाव कायम राख्न जुनसुकै व्यवस्था र परिवर्तन कावुमा रहन्न । यसलाई तोड्ने र मोड्ने गरेको खण्डमा हामी भित्र आपसी कलह, वैमनस्यता, झैझगडा र ईष्र्या उत्पन्न हुन गई प्रतिसोद्धात्मक ज्वालाहरु दन्कन थाल्छ जसलाई निभाउन नेपालका सबै जलकुण्डहरु एकै ठाउँमा समाहित हुनु पर्ने हुन्छ । यस्तो समय भनेको मय दानवको त्रिपुर दहन सरह हुन जान्छ जुन असम्भव छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी