यस्तो छ मेरो धर्मनिरपेक्ष देशको असली हालत !

यस्तो छ मेरो धर्मनिरपेक्ष देशको असली हालत !

  • शनिबार, चैत्र १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

कोही गाईको पूजा गरिरहेका थिए
गाई पुज्नेको पनि आफ्नै आस्था थियो
कोही गाईको भूजा गरिरहेका थिए
गाई खानेको पनि आफ्नै परम्परा थियो
भर्खर त दुई सय पचास वर्ष भयो
गाई पूजा गर्नेले यो सरहद जितेको
गाई खानेहरू खोसिएको देशसँग ।

देश खोसिएपछिको कथा हो –
एक जातीको मान्यता थोपरिएको
गाई खाएको कारण जेल जानु परेको
गाई खानेहरू मासिन्या बनाइएको ।

गणतन्त्र नामको एक थान व्यवस्था
जव आयो यो सरहदमा
गाई खानेहरूले सोचे-
अव त गाई खान पाइन्छ होला ?
वर्षौं दवाइएको आवाज
चिहानबाट उठ्यो र भन्यो –
“अव गाई खान पाउँने कानून बनाउँछु !”

गाई पूजक कम्युनिष्ट सरकार छ देशमा
पण्डित शिरोमणी प्रधान मन्त्री छन्
पण्डितको हातबाट गाई खाने कानून ?
बाफ्रे ! यो त संभवै छैन ।

बजारभरि होहल्ला छ –
“फलानीले फलानो थोक भनिछ
त्यसको जिब्रो थुत्नु पर्छ
सेकुवा बनाउँनु पर्छ
नून खुर्सानी चोबेर खानु पर्छ !”

यसो भन्दै छन् गाई पूजकहरू
मान्छेको जिब्रोको सेकुवा खान तयार
तर गाई खान बर्जित
यस्तो छ मेरो धर्मनिरपेक्ष देशको असली हालत ।

गाई पूजा गर्नेलाई पनि गर्न देऊ
गाई भूजा गर्नेलाई पनि गर्न देऊ
यो सवैको साझा फूलवारि हो भने
सवै फूललाई बराबरी फुल्न देऊ !

लेखक : वलराम तिमिल्सिना

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी