कविता – मेरो देश

कविता – मेरो देश

  • मङ्लबार, चैत्र ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 14.9K
    SHARES

-सिरियस रबिन
सगरमाथाको उचाइ जस्तै मेरो देशको शिर
ओइलिएको रुखको हाँगा जस्तै निहुरिएको छ
दया र करुणा पोख्ने
स्वयम्भूका ती दुई अबोध आँखाहरु
हिंसाको तरबारले रगताम्मे छ ।
शान्तिको गीत गुन्गुनाउँदै
परेवा उड्ने मेरो देशमा
बलेको टायरको दुर्गन्धित हावा
उड्न थालेको छ
सयौँ पत्र मिली बनेको एक थुँगा मेरो देश
पत्तापत्ता थुतेर शोभाहीन बनाइँदै छ ।
हेरिरहेका छन् सहिदहरुले सन्झ्यालबाट
जीवन अर्पण गरेर बँचाएको
सार्वभौमिकता, स्वाभिमान र स्वतन्त्रता
लुट्न तम्सिँदै छन् केही कपूत
र गिराउन चाहँदै छन् हाम्रो अटल आस्था
शान्तिको अग्रदूत जन्मिएको मेरो देश
सामाजिक विद्वेषले आक्रान्त छ
टुटाउन हाम्रो प्रीतको डोरी
आपसी सद्भाव र भाइचाराको गाँठोमा
धमिराहरु गुडुल्किरहेका छन् ।
अब
बुझेर घातीका चालहरु
मेरो अटल आस्थालाई
म मेरो पोल्टोमा स्याहार्छु
मेरा यी दुई आँखामा दया र करुणा उमार्छु
जन्माउँछु शान्तिका नयाँ सन्तान
सँगालेर हातैभरि सम्भावना
यहीँ पोखाउँछु मेरो श्रम र सिप
र पौरखमा बाँचेर बचाउँछु देशको स्वाभिमान ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी