कहिलेसम्म सहने त्रि.वि को लापर्वाही ?  

कहिलेसम्म सहने त्रि.वि को लापर्वाही ?  

  • आइतवार, चैत्र ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 14.6K
    SHARES

त्रिभुवन विश्वविद्यालय नेपालको पुरानो एक मात्र ठुलो विश्वविद्यालय हो ।  यसले हिजोका दिनमा जुन गरिमा बचाएको थियो  अहिले हरेक साल त्यो ओझलाई बाचई राख्नबाट चुक्दै आएको छ । त्यसको मूल कारण हो यहाँ भित्र  हदैसम्मका लापर्वाही र गैर जिम्मेवारी पन । हरेक साल विभिन्न तहका परीक्षा सुरु हुन्छ अनि देखिन्छ असली रुप र परीक्षा हलमै विद्यार्थीको आन्दोलन ।
यसपालि पनि फागुन ३० गतेदेखि मास्टर्स तहको दोस्रो बर्षको परीक्षा संचालन भयो तर विगतकै बर्षहरुमा गरिएको गल्तीहरु दोहोरिन छोडेन । परीक्षा केन्द्रमा विद्यार्थीहरुले शान्त वातावरणमा रमाएर आफ्नो सीप प्रदर्शन गरेनन् बरु होहल्ला गर्दै परीक्षा वहिस्कार गर्ने परिस्थिति बन्यो । त्यसको मूल कारण प्रश्नपत्र कोर्सअफ स्टडी भन्दा वाहिरबाट आएको थियो । नयाँ पाठ्यक्रम अध्ययन गर्ने विद्यार्थीका लागि पनि पुरानै पाठ्यक्रमका प्रश्नपत्रहरु वितरण गर्दै परीक्षा लिने काम गरियो । हो यस्तै भयो चैत्र २ गतेको मानविकी संकाय तर्फको परीक्षामा । नेपालगञ्जमा मानविकी संकायका विद्यार्थीले परीक्षा पूर्णरुपमा बहिस्कार गरेको सूचना क्याम्पस प्रमुख गणेश कुमार रेग्मीले पनिका काठमाण्डौलाई गराएका थिए । त्यसै गरी पब्लिक युथ क्याम्पसमा मानविकी संकाय तर्फको सोसिओलोजी विषयको  नयाँ पाठ्यक्रम अध्ययन गरेका विद्यार्थीलाई पुरानो प्रश्नपत्र वितरण गर्दै परीक्षा लिने काम भयो ।
त्रिविले यो दह किन र कहिलेसम्म जारी राख्ने काम गर्छ अनि हामी विद्यार्थीहरुले त्यलाई सहेर बारम्बार टुलुटुलु हेरिरहनु पर्ने हो त ? यदि हैन भने किन हुँदैन जिम्मेवार । विद्यार्थीको भविष्य माथि बारम्बार खेलवाड गर्ने नैतिक अधिकार भएरै यसो गरिएको त हैन ? यदि हैन भने नियोजित रुपमा त्रिविलाई वदनाम गराएर कुनै अभिष्ट पुरा गराउने खेलमा कुनै तत्व हावी रहेको पक्का पनि हुनु पर्छ । यस तर्फ बेलैमा सचेत भै त्रिविको लापर्वाही नियन्त्रण होस् र हामी जस्ता विद्यार्थीकाले यस संस्थाको आझलाई अझ गरिमामय बनाउने वातावरण बनोस् ।
लेखकः अस्मिता दाहाल -पशुपति व.क्याम्पस, चावहिल एम.ए दोस्रो बर्ष ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी