हुने खानेकी छोरीलाई सेक्सी बनाएर लुट्ने ,दीन दुखीकी छोरीलाई बोक्सी बनाएर कुट्ने !

हुने खानेकी छोरीलाई सेक्सी बनाएर लुट्ने ,दीन दुखीकी छोरीलाई बोक्सी बनाएर कुट्ने !

  • आइतवार, फाल्गुन २७, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.9K
    SHARES

हुने खानेकी छोरीलाई सेक्सी बनाएर लुट्ने तिमी !
दीन दुखीकी छोरीलाई बोक्सी बनाएर कुट्ने तिमी !

उठ्यौ उठ्न त उठ्दा उठ्दा आकास छोयौ होला तर !
मान्छेजस्तै मान्छे बनेर भन कहिले उठ्ने तिमी ?

जुट्यौ जुट्न त व्यभिचारमा अत्याचारमा जुट्यौ सँधै !
मान्छेमाथिको अत्याचार यो मास्न कहिले जुट्ने तिमी ?

मासु भुट्यौ भटमास भुट्यौ सोझाहरूका दिमाग भुट्यौ !
ठग चोरका व्यभिचारीका दिमाग कहिले भुट्ने तिमी ?

वर्षौं वाँधियौ भ्रमले झण्डै पसुवत सोच्ने भयौ सुन !
भ्रम भरोसा भङ्ग गरेर कुन दिनबाट छुट्ने तिमी ?

-बलराम तिमल्सिना

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी