साहित्यकार इन्द्रबहादुर राईको निधन

साहित्यकार इन्द्रबहादुर राईको निधन

  • मङ्लबार, फाल्गुन २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 16.5K
    SHARES

काठमाडौं । नेपाली भाषी साहित्यकार इन्द्रबहादुर राईको ९१ वर्षकाे उमेरमा दार्जिलिङस्थित घरमै निधन भएको छ। गतवर्ष श्रीमती बितेपछि मानसिक रुपमले समेत कमजोर बनेका राईको मंगलबार साँझ दार्जिलिङमा निधन भएको हो।

जन्म सन् १९२७ फेब्रुअरी ३ तारिखमा दार्जिलिङमा जन्मिएका राईको अाज निधन भएको उनका नाति रनेश राईले बताएका छन् । दार्जिलिङमा जन्मिएर पनि राईले नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिएका छन्।

राई नेपाली साहित्यको तेस्रो आयामका अभियान्ता मध्ये एक हुन्। वैरागी काइँला, ईश्वरबल्लभ र राई मिलेर २०२० दशकमा तेस्रो आयाम नामक प्रयोगवादी साहित्यिक अभियान प्रारम्भ गरेका थिए।

एक हप्ताअघि मात्र सिलगुडी घरबाट साहित्यकार राई दार्जिलिङको घरमा पुगेका थिए। दार्जिलिङमा जाडो हुने हुँदा उनको परिवार जाडो मौसममा लिगुडी र गर्मी मौसममा दार्जिलिङ बस्दै आएको थियो।

दार्जिलिस्थिति लोचनगर, २ लरेटो कन्भेन्ट रोडमा बस्दै आएका  राइ मंगलबार दिउँसोसम्म ठिकठाक भएको खबर पाएका नाति रनेशले साँझमात्र आफ्नो बाजे बितेको खबर पाएका हुन्। ‘एक महिना अगाडिसम्म पनि घरमै थिएँ। बजु (हजुरआमा) बितेपछि एक्लो महसुस गर्नुहुन्थ्यो तर, बुढ्यौलीबाहेक अन्य स्वास्थ्य समस्या केही पनि थिएन’, त्रिभुवन विश्वविद्यालयमा एफफिल गर्दै गरेका उनका नाति रनेशले भने, ‘एकघण्टाअघि आमा–बुबासँग कुरा गर्दा ठिकै छ भन्नुहुथ्यो, साँझ एक्कैचोटी यस्तो खबर आयो।’ नरेश भोलि नै दार्जिलिङ जाँदै छन्।

आज रमिता छ,उपन्यास, विपना कतिपय, कथासंग्रह, कठपुतलीको मन, निबन्धलगायत कृति चर्चित छन्। सँगै उनका कथास्था, कथासंग्रह, सेतो ख्याकको बनोट र बुनोट, टिपेका टिप्पणीहरू, नेपाली उपन्यासका आधारहरू, सन्दर्भमा ईश्वरबल्लभका कविता, साहित्यको अपहरण, मार्क्सवादी प्रतिवद्धता,अर्थहरूको पछिल्तिर, पृष्ठ पृष्ठलगायत समालोचनात्मक कृति प्रसिद्ध छन्।

राईको निधनपछि नेपाली साहित्यकारहरुले सामाजिक सञ्जालमा श्रद्धाञ्जलि दिएका छन्।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी