कोरियाले आगामी बर्ष ७ हजारभन्दा बढी युवालाई लैजाने , परीक्षा आवेदन चैतमा

कोरियाले आगामी बर्ष ७ हजारभन्दा बढी युवालाई लैजाने , परीक्षा आवेदन चैतमा

  • बुधबार, फाल्गुन १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया सरकारले आगामी बर्ष ७ हजारभन्दा बढी युवालाई रोजगारीमा लैजाने तयारी गरेको छ ।

नवौं भाषा परीक्षामार्फत उत्पादनमूलक क्षेत्रमा ५ हजार र कृषि तथा पशुपालनमा २ हजारभन्दा बढी युवाको माग गर्नेगरी भाषा परीक्षाको तयारी भइरहेको वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले जनाएको छ ।

गत बर्षको भाषा परीक्षा पास भइ रोजगार आवेदन दिएर प्रतिक्षा सूचीमा रहेका ११ हजार नेपालीलाई छनोट गरिरहेका बेला थप कामदार लैजान नवौं भाषा परीक्षा गर्न लागिएको हो । आजको कारोबारको पहिलो पृष्ठमा खबर छ ।

नेपाली युवा छनोटको लागि चैतको दोस्रो साता अनलाइनमार्फत परीक्षा आवेदन माग गरिने योजना रहेको ईपीएस कोरिया शाखाका सूचना अधिकृत शोभाकर भण्डारीले बताए ।

भाषा परीक्षाका लागि २०३४ चैत १० गतेदेखि २०५६ चैत ९ गतेभित्रको जन्म मिति भएका नेपालीले आवेदन दिनसक्ने शाखाले जनाएको छ ।

कारोबार दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी