अमेरिका सिरियामा के चाहन्छ ?

अमेरिका सिरियामा के चाहन्छ ?

  • बुधबार, फाल्गुन ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

 

–क्रिसटोफर आर हिल
मध्यपूर्वको धेरैजसो भूभाग अहिले द्वन्द्वको भुमरीमा रहेका सन्दर्भमा अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले मध्यपूर्वको भ्रमण सिरियाली द्वन्द्व समाधानमा केन्द्रित हुनुपर्छ ।

उहाँको काम सजिलो छैन । मध्यपूर्वमा पूर्णतया तर नदेखिनेगरी अमेरिकी कुटनीति केन्द्रित छ र विदेश विभागले समस्याको समाधानका लागि कुनै उपाय पाएजस्तो देखिदैन । अझ महत्वपूर्ण कुरा त मध्यपूर्वको समस्या समाधानका लागि कुन कुरामा लगानी गर्ने ? अलमलमा छ । यदि अमेरिका सिरियामा विकसित भइराखेको डरलाग्दो सङ्कटलाई सम्बोधन गर्न गम्भीर हो भने यसले दिर्घकालीन चासो राख्नु जरुरी छ र समस्याको मुहान भेटेर लगानी गर्नुपर्छ ।

सिरियाको अवस्थामा देखिएको जटिलताले यहाँको सङ्कट समाधान गर्ने विश्व क्षमतालाई निकै पछि पारेको छ । बढ्दो सङ्ख्यामा रहेका खेलाडीहरूका कारण छिटोछिटो परिवर्तन हुने गतिविधि र निरन्तर परिवर्तन भइरहने युद्धपङ्क्तिले सिरियालाई नराम्रो दलदलमा पारेको छ ।

छ महिना पहिले सिरिया द्वन्द्वमा दुई प्रष्ट प्रवृति रहेको थियो । रसिया, इरान, र हेजबुल्लाह समूहको सहयोगप्राप्त राष्ट्रपति बसर अल–असदपक्ष विजयको बाटोमा अघि बढेको थियो । त्यसैगरी इस्लामिक स्टेट्स (आइएसआइएस) समूह अमेरिकी नेतृत्वको गठबन्धनबाट पराजित हुने अवस्थामा पुगेको थियो ।

तर आज आइएसआइएस विरुद्धको सफल अभियान कमजोर बनेको छ । सयौँ हजार सिरियालीले ज्यान गुमाइसक्दा पनि भयङ्करको सिरियाली द्वन्द्व समाधानको प्रष्ट आधार अझ कतै देखिएको पाइदैन ।

यदि भएको छ त विश्व अझ द्वन्द्वको धारमा जकडिएको छ । पछिल्ला हप्ताहरूमा इरानलाई सिरियामा उपस्थिति जनाउन नदिन इजरायल दक्षिणी सिरियामा इरानी सेनासँग भिडेको छ । टर्कीले पनि सिरियाली कुर्दविरुद्ध शसक्त अभियान शुरु गरेको छ । टर्कीले आफ्नो देशको कुर्द समुदायसँग सिरियाली कुर्द रहेको उत्तरपश्चिमी प्रान्त अफ्रिनबाट हटाउने विश्वासका साथ अभियान थालेको पाइन्छ ।

सिरियाली राष्ट्रपति असदले अफ्रिन क्षेत्रलाई सिरियाली कुर्दको जिम्मा लगाउन तयार भएको सङ्केत देखाएका छन् । तर टर्कीले भने आफ्नो सीमानामा कुर्दिसहरूको स्वायत्त क्षेत्र बनाउन नदिन लागिपरेको छ ।

अमेरिकाले पनि तथाकथित सिरियाली प्रजातान्त्रिक शक्ति (एसडिएफ)को आह्वानमा सुन्नी अरब लडाकूविरुद्ध विगत छ बर्षदेखि लड्दै आएको छ । सुरुसुरुमा स्वतन्त्र सिरियाली सेनाको रूपमा एसडिएफको स्थापना भएको हो । एसडिएफका केही समूह सिरियामा प्रभावशाली पनि देखिएका छन् । उनीहरूले सिरियाली कुर्दिस समुदायको सहयोगमा आइएसआइएसविरुद्ध सङ्घर्ष गरिरहेका छन् । तर उनीहरू सिरियाली राष्ट्रपति असदका कारण मात्र नभै रसिया र इरानबाट सहयोग प्राप्त विभिन्न सिया लडाकूबाट निशाना बनेका छन् ।

अमेरिकाले आइएसआइएसलाई पराजित गर्ने दिशामा सही रहेको थियो । अहिले सिरियामा सङ्घर्षरत आफ्ना सहयोगीको अस्तित्वका लागि अझ फराकिलो लक्ष्य अमेरिकाको लागि रहेको छ । यसले रसियासहितका अन्य शक्तिसँगसमेत द्वन्द्व बढाएको छ । हालैका केही हवाई हमलामा अमेरिकाले दर्जर्नौ रसियाली नेतृत्वको सैन्य फौजका सदस्यलाई मारिदिएको छ ।

अमेरिका र यसका यूरोपेली सहयोगीले उनीहरूको उत्तर एटलान्टिक सन्धिसंगठन (नेटो) सहयोगी टर्की विरुद्ध कडा बन्न चाहिरहेका छैनन् र उनीहरूले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोवानलाई सन्तुलित बन्न मात्र आग्रह गरिरहेका छन् । अमेरिकाको केही अन्य उपायमध्ये एउटा कुटनीतिक अस्त्र हो र यसले सबैविरुद्ध युद्धको सरगर्मीका समय विरलै काम गर्ने गरेको छ ।

यसबाहेक टर्कीले आफ्ना नेटो सहयोगीले के चाहन्छन् त्यसो गर्ने कुरामा खासै चासो देखाएको पाइदैन । यसले फेरि एक पटक नयाँ पुस्ताको रसियाली एस–४०० (विमान आक्रमण) गर्नसक्ने हतियार किनेर नेटोका अन्य सदस्यलाई टर्कीसँगको सम्बन्धमा सोच्न वाध्य बनाएको छ ।

सिरिया द्वन्द्वका बिषयमा तत्कालिन अमेरिकी राष्ट्रपति बाराक ओबामा र वर्तमान् राष्ट्रपति डोनाल्ड ट्रम्पले आइएसआइएसविरुद्ध निरन्तर पिछा गर्ने नीतिको आगामी दिनमा इतिहासविद्ले प्रशंसा गर्नसक्लान् तर अमेरिकाले सिरियामा शसक्त युद्ध नलडेकोमा भने उनीहरूलाई दोषी मान्नेछन् ।

अहिले यो प्रष्ट भइसकेको छ कि ओबामा प्रशासनले सिरियाली राष्ट्रपति असदलाई पदबाट हटाउने भनी सन् २०११ मा निर्णय लिँदा पछि के पर्ला भन्ने बिषयमा नसोची कहिलेका लागि के कुराको सम्झौता ग¥यो यसमा पक्कै कमजोरी भएको छ । उक्त बर्षमा सिरियाका लागि अमेरिकी राजदूत रवर्ट एस फोर्डलाई वर्तमान् सिरियाली राष्ट्रपति असदका पिताले ३० बर्ष पहिले ठूलो नरसंहार गर्न आदेश दिएको सुन्नीहरूको प्रभावक्षेत्र मानिने हामा शहर पठाइयो ।

त्यसवेला अमेरिकी विदेश विभागले भ्रमणको उद्देश्य “उक्त स्थानका सिरियाली नागरिकलाई शान्तिपूर्णरूपमा भेला हुन र उनीहरूको अधिकारका लागि सहयोग गर्नु” भएको बताएको थियो । आफ्ना पिताले जस्तै राष्ट्रपति असदले पनि जनआन्दोलनलाई हिंसाको वलमा दवाउने छन् भन्ने के तत्कालिन ओबामा प्रशासनले पूर्वानुमान गर्न सकेन ?

सात बर्ष पहिले अमेरिकाले जब वर्तमान् राष्ट्रपति असदविरुद्ध हामामा प्रस्तुत भयो यसले सिरियामा आफ्नो राष्ट्रिय चासोको बिषयलाई उठाएको थियो तर टर्की, रसिया, इरान तथा इजरायलजस्ता मुख्य खेलाडीको चासोलाई वेवास्ता गरेको थियो । अब अहिले उक्त स्थानमा अमेरिका कुनै निदिष्ट उद्देश्यविना नै पनि अमेरिका–रसियाबीच अप्रत्यक्ष युद्ध हुने खतरा पूर्णरूपमा देखिएको छ ।

अहिलेसम्म ट्रम्प प्रशासनले सिरियाली नागरिकबीचको द्वन्द्वका कारण हुने मानवीय क्षति रोक्ने काममा अग्रसर भएको छैन । तर सम्भवत सम्पूर्ण मध्यपूर्वी क्षेत्रमा सुरक्षा खतरा र द्वन्द्व बढे समाधानका लागि केही न केही गर्नेछ ।

यदि प्रशासनले नेतृत्व लिन चाहेमा यसले उक्त क्षेत्रका शक्तिराष्ट्रसँग विचार विमर्श गरी उनीहरूको चासोको बिषयलाई बुझ्ने र उनीहरूलाई मिलाउन सकिन्छ सकिदैन निश्चित गर्नु आवश्यक छ ।

विदेशमन्त्री टिलरसनले त्यसै गर्ने प्रयास गरेको हुनुपर्छ । तर क्षेत्रीय शक्तिले सिरियामा के चाहन्छन सोध्नुपूर्व ट्रम्प प्रशासनले यही प्रश्न आँफैलाई पनि सोध्नु जरूरी छ ।

सात बर्षको रक्तपातपूर्ण युद्धपछि पनि सिरियाली द्वन्द्वको व्यवहारिक समाधान निकै जटिल महसुस गरिएको छ । यसको तत्काल समाधान असम्भव देखिएकोे छ । अमेरिकाले लामो समयदेखि सिरियामा राख्दै आएको चासोबारे स्पष्ट पार्न असफल देखिएको छ । मध्यपूर्वले पनि यस बिषयलाई सहज बनाउन सकेको छैन ।
(लेखक एसियाका लागि अमेरिकी पूर्व सहायक विदेशमन्त्री, इराक, दक्षिण कोरिया, मेसेडोनिया र पोल्याण्डका लागि अमेरिकी राजदूत, कोसोभोका लागि पूर्व विशेष प्रतिनिधि, डायटन शान्ति सम्झौता, तथा सन् २००५–२००९सम्म उत्तर कोरियाका लागि प्रमुख अमेरिकी मध्यस्तकर्ता हुनुहन्छ । उहाँ डेनभर विश्वविद्यालयका कुटनीतिक अभ्यास बिषयका प्राध्यापक तथा आउटपोष्टका लेखकसमेत हुनुहुन्छ ।) प्रोजेक्ट सिन्डिकेट÷अनुवाद– दिलीप शर्मा

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी