कुवेत , ७ फागुन ।
अन्तराष्ट्रिय नेपाली एकता समाजले पत्रकार हरिकृष्ण न्यौपानेमाथि भएको दुर्व्यवहारप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
समाजका महासचिव शोभाकान्त लामिछानेले आज विज्ञप्ती निकालेर कुवेतका म्यानपावर व्यावसायी तथा एनआरएनका अध्यक्ष अर्जुन तामाङले पत्रकार न्यौपानेमाथि दुव्र्यवहार गरेको भन्दै त्यसप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउनु भएको हो ।
नेपाल र कुवेत सरकारबीच श्रम सम्झौता नभएसम्म नेपाली श्रमिकलाई कामदारको रुपमा कुवेत ल्याउन नहुने आवाज उठाउदै आएका पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष समेत रहेका पत्रकार न्यौपानेमाथि हिजो आईतवार छलफलका लागी भन्दै तामाङले बोलाएर आक्रमण गराएको बिज्ञप्तीमा जनाईएको छ ।
समाजले राज्यको चौथो अंगका रुपमा रहेको सन्चार माध्यम र पत्रकारमाथि आक्रमण हुनु निन्दनीय भएको भन्दै दोषिहरुमाथि गम्भिर छानबिन गरि कार्वाहि गर्न पनि माग गरेको छ ।
