शर्माको ‘अम्लान फूल’ विमोचन

शर्माको ‘अम्लान फूल’ विमोचन

  • आइतवार, फाल्गुन ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.3K
    SHARES

 

काठमाडौँ, ५ फागुन । 

साहित्य विधामा लामो समयदेखि कलम चलाउँदै आउनुभएकी शान्ति शर्माको पहिलो पुस्तकाकार कृति ‘अम्लान फूल’ (गजल संग्रह) बजारमा आएको छ ।

उक्त कृति आज नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित एक कार्यक्रमबीच वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलले विमोचन गर्नुभएको हो ।

सो अवसरमा गजलकार पौडेलले “शान्तिले आफ्ना प्रायः गजलहरुमा आफ्नो जीवन भोगाइका अनुभूतिलाई काव्यात्मक र कलात्मक अभिव्यक्तिसहित गीतिमय छनक दिएको पाइन्छ र राम्रो स्रष्टा कहलिन क्लिष्ट र दुर्वोध्य भाषामा लेख्नु पर्दैन” भन्दै गजलकारको सरल लेखन शैलीको प्रशंसा गर्नुभयो ।

कृतिको समीक्षा गर्दै सनत वस्तीले शान्तिका हरेक गजल सरल, सरस र बोधगम्य रहेकाले पाठकका लागि गतिलो खुराक बन्ने बताउनुभयो ।

कार्यक्रममा डा घनश्याम न्यौपाने, प्रा डा कुमार कोइराला, प्रा डा सनत वस्ती, गीतकार तथा गजलकार प्रकट पंगेनी, साहित्यकार धनराज गिरी र रमेश पौडेलको ‘अम्लान फूल’ नेपाली गजल इतिहासमा साँच्चै नै अम्लानजस्तै कहिल्यै नओइलिने फूलका रुपमा रहने विश्वास व्यक्त गर्नुभयो ।

आफ्ना गजललाई सुन्दर लयका साथ गाउन पनि सक्ने शान्तिले आगामी दिनमा गजल र मुक्तक लेखनका साथसाथै आख्यान लेखनतिरसमेत आफ्नो कलम सक्रिय रुपमा चलाउने उहाँहरुले बताउनुभयो ।

सोलुखुम्बुको नेचा सल्यानमा जन्मिएर हाल काठमाडौँलाई कर्मथलो बनाउनुभएकी शर्माले कथा, कविता मुक्तक, गजल, संस्मरणलगायतका विधामा कलम चलाउँदै आउनुभएको छ । उहाँका यस अगाडि नै थुप्रै फुटकर रचना प्रकाशित भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी