चिडिको दुक्किभएर उदाएको राष्ट्रवाद

चिडिको दुक्किभएर उदाएको राष्ट्रवाद

  • सोमवार, माघ २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

साम्राज्यवादी मुलुकहरू जतिबेला आफुहरु प्रतिकुल अबस्थामा पुग्छन त्यतिबेला कम्जोर राष्ट्रमाथी राजनीति आर्थिक धार्मिक उदण्डको बीउ रोपेर आफु अनुकुल चलखेल गर्नसक्ने राजनैतिक अस्थिरताको वातावरण जबर्जस्त तयार गर्छन।  – लेनिन

नेपाल झण्डै दस दशक देखि राजनीति समस्या समाधानका लागि भीषण संघर्ष र उच्च बलिदान गरेर परिवर्तित ब्यबस्था र वैदेशिक हस्तक्षेप मुलक संविधान राष्ट्रिय नियन्त्रण भन्दा बाहिरी अस्थिरताको दीगो सिकार बनेको कुरा कँहिकतै लुकेको छैन । राणाकाल पञ्च्यायत बहुदलीय ब्यबस्थाम नेपाली जनताको बलिदानबाट प्राप्त उपलब्धि भन्दै वैदेशिक हस्तक्षेप र दिल्ली उन्मुख मोडल सरकार निर्माणले नेपाली राजनीतिमा दिगो अस्थिरता कायम गरेको सत्यता हो। २०६२ र ०६३ को जनयुद्ध र जनआन्दोलनको भावना बिपरित नेपाली राजनीति पार्टीहरुले आफ्नो मनोपल्ली शैलिमा संविधान घोषणा गरेकोले बर्तमान नेपाली समाजमा भयानक र डरलाग्दो अस्थिरता देखिन्छ ।

बर्तमान संविधान र यसका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध

नेपालको बर्तमान संविधानले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा बौद्धिक प्रभाव नभएर अबैज्ञानिक प्रभाव परेको छ । बर्तमान संविधान घोषणासँगै छिमेकी मुलुक भारत र चिन दुबैलाइ शसंकित बनाएको छ । नेपाल सार्बभौमसत्ता सम्पन्न राष्ट्र हुनेछ भनेर प्रस्तावनामा जतिसुकै रङ्गाएपनी बर्तमान संविधान अमेरिकी तथा युरोपेली मुलुक अनुकूल बनेकोले छिमेकी भारत र चीन दुबैलार्इ आन्तरिक रूपमा असहमति थियो । बर्तमान भारत सरकारले नाकाबन्दी लागयत खुलेर बिरोध गर्नाले नेपाली जनताको नजरमा भारत चरम शत्रुताको रूपमा देखियो ।

चिनले मौन रहेर नेपाली राजनीतिमा आफ्नो उपस्थिति जनाउन चाहेन जसको कारण देखावटी रूपमा चीन असली मित्रको रूपमा नेपाली जनताको अगाडि देखियो बास्तबिकता त्यसो नभएर छिमेकी भारत र चीन दुबै बर्तमान संविधान प्रती खुशी छैनन । अर्कोतिर संविधान घोषणासँगै अमेरिकी तथा युरोपेली मुलुकका जर्ज सोरस र फादर मोनका प्रतिनिधि एजेन्टहरु इसाई मिसनका पात्रहरूले यो संविधानको चौतर्फी सकारात्मक प्रचारप्रसारले जबर्जस्त स्थापित बन्न पुगेको हो ।

अमेरिकी तथा युरोपेली मुलुकले नेपामा आर्थिक सामाजिक साँस्कृतिक धार्मिक बितण्डाको बिजारोपन गरेर नेपाललाई तत्कालीन रूपमा स्थिर संविधान र अस्थिर राजनीति सामाजिक समस्याको उत्पन्न गराएर राष्ट्रलाई क्षेत्रिय जातीय र धार्मिक द्धन्दमा फस्टाउने युगोस्लाभीया जस्तै बिखण्डन गराएर शान्ति मिसनको नाममा आफ्नो बैधानिक प्रवेश द्धार निर्माण गर्नकै लागि यो प्रक्रियामा लागि परेको इतिहाँसले सत्यतथ्य प्रमाणित गरेको छ । पश्चिमी मुलुकले नेपाल प्रति कुनै शदासयता नभएर एसियायी मुलुकमा आफ्नो हस्तक्षेप बढाउने दीर्घकालीन गुरुयोजनामा नेपाल फसेको हो।

बर्तमान संविधानबाट राष्ट्रिय रूपमा देखिएका खतराहरु

नेपाल समाजीक भौगोलिक, धार्मिक , साँस्कृतिक भाषिक रूपमा हेर्ने हो भने बहुआयामिक इतिहाँस बोकेको राष्ट्र हो । जसको सत्ता संचालनको बिधिबिधान आफ्नै ऐतिहासिकता छ । ब्यबस्था परिवर्तनको लागि गरिएको राजनीतिक संघर्षलार्इ राज्यको पुनर्संरचना गरेर संघियता र धर्मनिपेक्षताले राजनीति अस्थिरताको भयानक खतराको सङ्घारमा पुर्‍यको छ । राज्यको पुनर्संरचना गर्दा प्रदेशको अबैज्ञानिक निर्माण र संविधान कार्यनयनले देशमा बिखण्डनको सुरुवाती चरण देखिन्छ भने आर्थिक ब्यबस्थापन र सुरक्षा संयन्त्रले समेत नेपाली समाजमा बिखण्डनको पैदा गराउनेछ । राष्ट्रियता सहितको संविधान र पहिचान सहितको संघियता आफैमा दोहित अर्थ लाग्ने बिषय हुन जस्ले गर्दा प्रदेशको र केन्द्रको दुरि दुर बनाउने काम गर्छ र प्रदेशले स्वतन्त्रताको नाममा संविधान अस्विकार गर्दछ । यी माथिका ब्याप्त समस्याले बिक्राल रुप लिन्छ । जसको संविधान घोषणा सँगै मधेसीको समस्या र पहाड हिमालको प्रादेशीक तिक्तता बढेको हो ।

कस्तो हुन्छ वास्तविक राष्ट्रवाद 

राष्ट्रबाद भनेको छिमेक मुलुकहरूसँग कटु शत्रुता राखेर अस्थिर यथावत राजनीति समस्यामा बल्झिरहनुलार्इ मान्न सकिदैन भने असली मित्रताको नाममा देशको जल ,जमीन जडिबुटी समेतलाई बिदेशीलाई सुम्पेर स्थिर रुपमा मौनता शान्तिमा बस्नुलाइ पनि मान्न सकिदैन । यी दुईवटा पाटा पक्षलाई आत्मसात गरेर सार्बभौमसत्ता स्वतन्त्र शुसाषण बिचार नै असली राष्ट्रवाद हो । एकातिर बुक्ला राष्ट्रवाद ओकल्ने अर्कोतिर हजारौं युबा जनशक्ती बिदेशी मुलुकहरू चहार्दै रोजिरोटिको खोजिगर्ने हुन सक्दैन । पहिलो कुरात उत्पादित भूगोल बेबारिसे राखेर समृद्ध राष्ट्र हुनपनि सक्दैन। खासगरी बिदेशी नाका हुँदै नेपाल भित्र्याउने खाद्यान्न मासु, दुध, दही रोकेर स्वदेशमा उत्पादन गरेरै सबैलाई सुसम्पन्न बनाउन सकेपछि एउटा राष्ट्रबादको बलियो मार्गचित्र तयारी हुनेछ।

उग्रराष्ट्रबाद कुण्ठित पलायनताको पराकाष्ठ र राष्ट्रिय खतरा 

उग्ररूपले देखिएको जुनसुकै बिचार अन्ततोगत्वा कुण्ठित पलायन बिचलन र आत्मसमर्पणबादी बाटो भएरै आफ्नो मार्गचित्र तयार गर्दछ । त्यस्तै बर्तमान एमाले संस्थापन पक्षका अध्यक्ष केपि शर्मा ओलिले इमोसनल नेपाली समाजको भावनालार्इ उपयोग गरेरै सस्तो लोकप्रियता कायम गरेका हुन भारतसँग कटुतिक्त्ता राखेर चिनसँगको मैत्री सम्बन्धको ढोकाको ताल्चा खोल्न पश्चिमा मुलुकको चाबि समातेर संभावना जटिल थियो । जसको प्रतिफल सरकार विघटन र संविधान संचालनमा समेत असर थियो ।

अमेरिकी तथा युरोपेली मुलुकको चाल चिनले बुझेपछि केपि राष्ट्रिय लोकप्रियतालाई बाहेक अन्योल राष्ट्रबाद हुने ग्यारेन्टी थियो । जसको लागि बर्तमान संविधान कार्यान्वयन संघियता र्धमनिरपेक्षतालाई संस्थागत र स्थिर संविधान अस्तिर राजनीतिक समस्याको सुनौलो मार्गचित्र पश्चिम् मुलुकहरूका लागि एमालेमा देखिएको उग्रराष्ट्रबाद थियो । त्यसको उपयुक्त उपयोग बर्तमान चुनावमा बामपंथि गठबन्धन हो । आन्तरिक भाब भुमिको हिसाबले गणतन्त्र संघियता र धर्मनिरपेक्षता प्रती प्रचण्डलाई अस्तित्वमा ल्याई राख्नपनी पश्चिमी मुलुक सफल भएको छ । बिगत एकबर्षदेखी एमालेमा देखिएको अन्तर्राष्ट्रिय अन्यौल नितिको कारण संस्थापन पक्षमा कुन्ठा आत्मगलानी र पलायनको बाटोमा डोर्‍याउने निश्चित थियो ।

एमाले सँस्थापन परिवारले उत्तर दक्षिणी मुलुकसँग तिक्तता पैदागरेर आकाशे छिमेकीसँग राजनीति सम्बन्ध राखेर नेपाली समाजमा देखिएको भारत बिरोधि इमोसनल फाइदा राजनीतिक जुवाको दाउपेच थियो। जसको सस्तो लोकप्रियतो स्थानीय चुनाव प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा ठुलो दाउपारेको छ । बास्तबिकता त्यतिमात्र नभएर अन्तर्राष्ट्रिय सम्बन्ध र राष्ट्रिय स्वाधीनतालाई मध्यनजर गर्दा एमालेनै यतिबेला डरलाग्दो संकटमा परेको छ । बर्तमान चुनावी म्यान्डेट अनुसार एमालेले सरकारको नेर्तत्व गर्नुपर्ने हुन्छ । जसको लागि अब आफ्नो कुर्सिकोलागी राष्ट्रबादको असली प्रमाण देखाउन भारतसँग नयाँ सम्झौता अनुरूप आफ्नो मार्गको तयारी अनुसार भारतिय बिदेश मन्त्री शुस्मा स्वराज सँगको सोल्टि होटलको हाइपोथेसिस हो । एमाले सँस्थापन पक्षले राजनीति जुवाको दाउमा हानेको कौँडाले चिडिको दुक्की भएर प्रमाणित गरेको छ । लेखक-संसारसेन पृथक

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी