बैदेशिक रोजगार पिडित श्रमिकको उद्धार अभियानमा महासंघ, यसरी सल्टिए जटिल दुई मुद्धा

बैदेशिक रोजगार पिडित श्रमिकको उद्धार अभियानमा महासंघ, यसरी सल्टिए जटिल दुई मुद्धा

  • बिहिबार, माघ १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

काठमाडौं । आम श्रमजीवि, मजदुर तथा गरीब वर्गको हितमा कार्य गर्ने गरी गैर राजनीतिक र गैर नाफामुलक सोचका साथ स्थापना भएको श्रमजीवि ट्रेड युनियन महासंघ नेपालले आफ्नो अभियानलाई निरन्तरता दिई रहेको छ । यसै क्रममा साउदीमा अलपत्र परेका मकवानपुरका आशुतोष पाण्डेलाई पनि महासंघकै पहलमा नेपाल झिकाउँन सफल भएको थियो । बसुन्धारामा रहेको गोर्खा प्लेसमेन्ट सर्भिस नामक मेनपावरबाट साउदी गएका पाण्डेले नेपाल फर्किए पछि क्षतिपुर्तिको लागी बैदेशिक रोजगार विभागमा निबेदन दिएका थिए । उक्त निबेदनको कारवाहीको लागी महासंघले निरन्तर दवाव दिएपछि उक्त मुद्धामा सफलता पाएको छ ।

श्रमजीवि ट्रेड युनियन महासंघ नेपालका अध्यक्ष राम बहादुर तामाङको नेतृत्वमा सचिव निर्वाण विक्रम राणा, श्रमजीवि बैदेशिक रोजगार मजदुर संघ नेपालका सचिव राकेश पाण्डे, महासंघका केन्द्रीय सदस्य तेज प्रसाद पंगेनी तथा सञ्चारकर्मीहरु समेतले निरन्तर पहल गरेपछि विभागले मेनपावरका सञ्चालक दिनेश श्रेष्ठलाई समेत बोलाएर छलफल गराएको थियो । सुरुमा पाण्डेको मुद्धामा टसमस नभएका श्रेष्ठ र पिडित पाण्डेका बिचमा महासंघको टोलीले मध्यस्थता गरेको थियो । यही मध्यस्थताको कारण गोरखा प्लेसमेन्ट सर्भिसले पिडित पाण्डेलाई रु. एक लाख अठार हजार रुपैयाँ क्ष्तिपुर्ति बापत दिएको छ । बैदेशिक रोजगारमा गएका पिडितहरुले वर्षौं सम्म पहल गर्दा पनि क्षतिपूर्ति नपाएको सुनेका पिडित पाण्डेले महासंघको पहलमा भएको आफ्नो सफलता अन्य पिडितहरुका लागी नजिर बन्ने बताएका छन् ।

यसै गरी तिरुपति ईन्टरनेशनल प्रा.लि. ले प्रतिव्यक्ति रु. दुई लाख पचास हजार लिएर कतार पठाएका अशोक घलान र दान बहादुर श्रेष्ठका सम्बन्धमा पनि महासंघले मध्यस्थता गरेको छ । विभिन्न बिचौलियाहरु मार्फत रकम बुझाएर तिरुपतिबाट श्रम स्किृति मात्र निकालेर कतार गएका उनीहरु त्यहाँ रोजगार पाउँन नसकेपछि नेपाल फर्किएका थिए । पिडित घलान र श्रेष्ठसँगै बिचौलियाबाट आफ्नो मेनपावर समेत बदनाम भएको भन्दै तिरुपतिका सञ्चालक रबिन्द्र यादवले समेत साथ दिएका थिए । बैदेशिक रोजगार विभागमा मेनपावर सञ्चालक यादव, महासंघका प्रतिनिधि, विभाग तथा पिडितहरुका बिचमा सहमति भएपछि ट्राभल्स एजेन्सीका सञ्चालक नारायण नेपाल र मेन पावर सञ्चालकले पिडितलाई एक लाख पचास हजार बुझाएका छन् । महासंघका अध्यक्ष तामाङ अन्य पिडितहरुको समेत उजुरी व्यापक मात्रामा बढि रहेकोले बैदेशिक रोजगार पिडित मजदुरको पक्षमा निरन्तर लागि रहने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी