डाइनामिक ग्लोवल एचआरका सञ्चालकहरु लाखौं ठगेर सम्पर्कविहीन

डाइनामिक ग्लोवल एचआरका सञ्चालकहरु लाखौं ठगेर सम्पर्कविहीन

  • बिहिबार, माघ १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

काठमाडौं । वैदेशिक रोजगारका नाममा कयौं यूवासँग लाखौं ठगेर बसुन्धरास्थित डाइनामिक ग्लोवल एचआरका सञ्चालकहरु सम्पर्कविहीन भएका छन् । कर्मचारीका भरमा कार्यालय खुलेता पनि सञ्चालकहरु भने त्यहाँ देखिँदैनन् । उनीहरुले बाहिरैबाट आफ्नो धन्दा जारी राख्ने गरेका छन् ।
कसैलाई यूरोपको पोल्याण्ड, कसैलाई खाडी मूलुकमा पठाउने भन्दै डाइनामिक ग्लोवल एचआरका सञ्चालकले मोटो रकम असुलेका हुन् । कतिपय युवालाई अवैद्यरुपमा आवुदावी, दुवई उडाएर त्यहाँ काम नपाएर फर्केपछि क्षतिपूर्ती तिर्नुको सट्टा सञ्चालकहरु सम्पर्कविहीन भएका हुन् भने कतिपयलाई यूरोपको पोल्याण्ड उडाउने भनेर पनि रकम असुली गरिरहेको पिडीतले बताएका छन् ।
खासगरी धुर्व भन्ने पूर्ण प्रसाद गौतम, दिलीप गौतम र तुलसी गौतम डाइनामिक ग्लोवल एचआरका पूराना सञ्चालक हुन् । तर, बसुन्धरास्थित कार्यालयमा उनीहरुको मुख देख्न सकिन्न । लामो समयदेखि सम्पर्कविहीन भएका उनीहरु कहाँ छन् ? के गर्दैछन् भन्ने पिडीतले पत्तो लगाउन नसके पनि नयाँ नयाँ युवाहरु भने वैदेशिक रोजगारीका नाममा ठग्ने क्रम रोकिएको छैन । स्रोतका अनुसार धुर्व गौतमले अर्काे मेनपावर प्रयोग गरेर अवैद्यरुपमा दुवईमा कामदार पठाउने धन्दा जारी राखेको छ भने दुवईमा काम नपाएर फर्केका पिडीतहरु वैदेशिक रोजगार विभागमा उजुरी गर्न जाने क्रम पनि रोकिएको छैन । त्यसैगरी, दिलीप गौतमले पोल्याण्ड पठाउने भन्दै सोझासिधा युवासँग रकम असुलेर यतीबेला दिल्लीमा रहेको बताइन्छ ।
यतीबेला वैदेशिक रोजगार विभाग बाहेक प्रहरीको अपराध महाशाखामा मात्र नभएर अन्य विभिन्न यूनिटमा पनि धुर्व गौतमका विरुद्ध कयौंले आफूहरु ठगीएको भन्दै उजुरी गरेका छन् । सबैभन्दा बढी बसुन्धारा–त्रिलिङाटार प्रहरी बिटमा धुर्ब विरुद्ध उजुरीको चाङ नै छन् । त्यहाँको प्रहरीले ३–४ पटक भन्दा बढी उपस्थित गराएर पिडीतले प्रमाणसहित दावी गरेको रकमको चेक कटाएको भएता पनि ती चेक आज पर्यान्त साटीएका छैनन् । बसुन्धरा–त्रिलीङटार चौकीले धुइँधुइँती खोजी गर्न थालेपछि त्यो क्षेत्रमा आउजाउ गर्न धुर्वले छाडिसकेको र पछिल्लो समय अर्कै मेनपावरसँग भूमिगतशैलीमा सम्पर्कमा रहेको बताइन्छ । यताउती हिँडडुल गर्दा समेत पिडीतले नचिनुन, नदेखुन् भनेर मफलरले मुख छोपेर हिँड्ने गरेको उसलाई देख्नेहरु बताउँछन् ।


त्यसो त डाइनामिक ग्लोवल एचआरका अर्का सञ्चालक मच्छेन्द्र शेर्माले यूरोपियन मूलुक टर्कीमा टेक्सी चालक पठाउने भन्दै मोटो रकम असुलेर त्यहाँ पठाएकाहरु ध्माधम फर्केपछि त्यो समस्या पनि वर्षदिन पुगीसक्दासमेत सामाधान भइसकेको छैन । पिडीतलाई असुलेको रकम फिर्ता गर्नु भन्दै वैदेशिक रोजगार विभागका भ्रष्ट कर्मचारीसँग मिलोमतो गरेर उनीहरुलाई खुसी पारे वापत आज पर्यान्त विभागमा परेको उजुरीबाट पनि सञ्चालक शेर्मा र डाइनामिक ग्लोवल एचआर नामको मेनपावर कम्पनीमा ताला लाग्न सकेको छैन । त्यसो त अर्का सञ्चालक पूर्ण लिम्वुको व्यवहार पनि विवादरहित छैन । उनले पठाएका कामदार पनि पिडामा छन्, कतिपय फर्केर आए पनि आफूले बुझाएको रकम पाइरहेका छैनन् ।
कुनै पनि मेनपावरको सञ्चालकले अलग अलग जिम्मेवारी लिने गरेता पनि लेखा शाखा एउटै हुन्छ । कार्यालयले राख्ने हिसावकिताव एउटै हुन्छ तर, डाइनामिक ग्लोवल एचआरमा मच्छेन्द्र शेर्माको आफ्नै एकाउन्टेन्ट मार्फत कारोबार हुन्छ भने लिम्बु र गौतम बन्धुहरुका पनि आफ्ना आफ्ना लेखा शाखामा छुट्टाछुट्टै कारोबार राख्ने गर्छन्, यो अवैद्य शैली हो । त्यहाँ जाने पिडीतले जोसँग कारोबार गरेको हो, उसैलाई खोजी गर्नु पर्ने अवस्था छ । बैदेशिक रोजगार विभाग त्यस बारेमा जानकार भए पनि उक्त मेनपावरलाई कारवाहीको दायरामा ल्याउन त के पिडीतका उजुरी फरकफारक गर्न समेत अलमल र आलटाल गरेको बुझ्न गाह्रो छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी