पत्रकार सुजन तिमसिना नेपाल टेलिभिजनकाे उत्कृष्ट सम्बाददाताबाट दोस्रो पटक पुरस्कृत

पत्रकार सुजन तिमसिना नेपाल टेलिभिजनकाे उत्कृष्ट सम्बाददाताबाट दोस्रो पटक पुरस्कृत

  • बुधबार, माघ १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 12.7K
    SHARES

इलाम । नेपाल टेलिभिजनका इलाम सम्बाददाता सुजन तिमसिना उत्कृष्ट सम्बाददाताबाट पुरस्कृत तथा सम्मानित भएका छन् । देशको पहिलो तथा सरकारी नेपाल टेलिभिजनको ३३ औँ बार्षिकउत्सवका अवसरमा तिमसिनालाई सम्मान तथा पुरस्कृत गरिएको हो ।
बुधबार नेपाल टेलिभिजनको केन्द्रिय कार्यालय सिंहदरबारमा सम्बाददाता तिमसिनालाई पुरस्कृत तथा सम्मान गरिएको थियो ।

२०६९ चैत्र २५ गतेबाट जन्मजिल्ला पाँचथरबाट नेपाल टेलिभिजनको सम्बाददाताको रुपमा काम शुरु गरेका तिमसिना दोस्रो पटक उत्कृष्ट समाचार सम्प्रेषण गरेबापत पुरस्कृत भएका हुन् । तिमसिनालाई नेपाल टेलिभजनको तीसौँ बार्षिकउत्सवका अवसरमा २०७२ माघ १७ गते तत्कालिन सुचना तथा संचारमन्त्री मिनेन्द्र रिजालले सम्मान तथा पुरस्कार हस्तान्तरण गरेका थिए ।
२०७३ साउन ३० गतेबाट इलाम सम्बाददाताको जिम्मेवारी पाएका तिमसिनाले हाल इलामको सूर्योदय नगरपालिका क्षेत्रमा बसेर समाचार सम्प्रेषण गरिरहेका छन् । २०५९ साल चैत्रदेखि झापाको बिवेचना दैनिक पत्रिकाको वितरकको कामबाट नेपाली पत्रकारीता क्षेत्रमा लागेका तिमसिनाले झापामा २०६१ असारसम्म अग्रज पत्रकार गणेश तिमसिना, दिपिन राई, मुक्ति पौडेल, मदन खरेलबाट समाचार लेखनको सीप आर्जन गरेका थिए । २०६१ असारमा प्रवेशिका परिक्षा उर्र्तिण गरेपछि महेन्द्र रत्न बहुमुखि क्याम्पस इलाममा उच्चशिक्षा अध्ययनसँगै तिमसिना पत्रकारीतामा सक्रिय भएका थिए ।
२०६१ सालदेखि २०६३ चैत्रसम्म विवेचना दैनिक, मुक्ति आवाज साप्ताहिक र बज्रपात दैनिकमा सम्बाददाताको रुपमा समाचार सम्प्रेषण सँगै आफै पत्रिका वितरणको काम गरेका थिए । २०६३ को दोस्रो जनआन्दोलन पछि दमकबाट प्रकाशन हुने पूर्वसन्देश दैनिक र विर्तामोडबाट प्रकाशित मेची टाइम्स दैनिकको इलाम सम्बाददाता भएर डेढ वर्ष काम गरेका तिमसिनाले पुर्वको लोकप्रिय दैनिक ब्लाष्ट टाइम्स दैनिकमा समेत काम गरेका थिए ।

२०६३ फागुनबाट सप्तरङ्गी एफ एफबाट रेडियो पत्रकारीतामा समेत सामेल भएका तिमसिना सप्तरङ्गी एफ एमको सर्वोउत्कृष्ट सम्बाददाताको पुरस्कार प्राप्त गरेका थिए । उनले इलाममा रहेको इलाम एफ एममा करिब ६ वर्ष र इलाम आवज साप्ताहिकमा प्रमुख सम्बाददाताका रुपमा समेत काम गरेका थिए ।

२०६५ सालबाट टेलिभिजन पत्रकारीतामा प्रवेश गरेको सुजन तिमसिनाले शुरुमा एभिन्युज टेलिजिनबाट टेलिभिजन पत्रकारीताको सीप आर्जन गरेका थिए । झापाको दमकबाट प्रशारित हिमशिखर टेलिभिजनमा समेत काम गरेका तिमसिना नेपाल पत्रकार महासंघ इलामका उपाध्यक्ष र प्रेश सेन्टर नेपाल प्रदेश नम्बर १ का प्रदेश सचिव रहेका छन् भने मेची अञ्चलमा रहेका विभिन्न संघसंस्थासँग आवद्ध रहेका छन् । तिमसिना इलाममा रहेर नेपाल टेलिभिजनको सम्बाददातासँगै स्थानीय सन्देश साप्ताहिक र लोकल सन्देश डट कमको प्रकाशक तथा प्रधानसम्पादक हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी