हिमाली क्षेत्रमा बसेाबास गर्ने अादीबासी जनजातिकेा रूपमा चिरपरिचित शेर्पा जातिहरूकेा अ।फ्नै पहिचान झल्काउने खालकेा धार्मिक पर्वहरू रहेका छन् । जसले हिमाली क्षेत्रमा अान्तरिक तथा बाह्य पर्यटन प्रबर्धन गराउनका लागि ठुलेा टेवा पुर्याउदै अाइरहकेा छ । साथै देशकेा गरिमा उच्च राख्न पनि शेर्पा जातिहरूले मान्दै अ।इरहेका बिभिन्न पर्वहरूले प्रत्यक्ष रूपमा सहयेाग पुर्याएकेा छ ।
ती चाडहरू मध्ये शेर्पा जातिहरूले अ।दिम कालदेखि मान्दै अाइरहेकेा ग्यल्पेा लेासारपनि एक हेा । येा चाड शेर्पा जातिहरूले मात्र नभएर सम्पुर्ण महायान बैाध्द धर्मवालम्बीहरूले मान्दै अाइरहकेा पाइन्छ । लेासारकेा शाब्दिक अर्थ लेा भनेकेा बर्ष र सार भनेकेा नयाँ अथवा नयाँ बर्ष भन्ने हुन्छ तर अहिले लेासारलाइ शेर्पाहरूले ल्हेासार भन्ने गरेकेा पाइन्छ हामीले सही उच्चारण गर्न र बिभिन्न कार्यक्रमहरूमा प्रयेाग हुने निमन्त्रणा पत्र ,ब्यानरहरूमा अनर्थहुने शब्दहरू प्रयेाग गरेमा त्यसकेा असर दिर्घाकालिन रूपमा पुस्तैा पुस्ता सम्म पर्न जान्छ । किनकि ल्हेासारकेा अर्थ ल्हेा भनेकेा शेर्पा भाषामा दक्षिण र सार भनेकेा नयाँ भन्ने हुन जान्छ हामीले यस्ता शब्दहरू ख्याल राख्नु पर्दछ उदाहरणकेा लागि दिशा लेख्नुपर्ने ठाँउमा दिसाकेा प्रयेाग गर्ने तथा लेख्ने गरेमा के हुन्छ ? अहिले पछिल्लेा समयमा बिभिन्न शेर्पा संघ संस्था तथा किदुकहरूले यस्ता साना तिना कुराहरूमा ख्याल गरेकेा पाइदैन ।
अहिलेका शेर्पा युवाहरू अधिकांश अ।फ्नेा थातथलेा छाडेर अध्ययन तथा रेाजगारीकेा शिलशिलामा राजधानी काठमान्डैा अनि देश बाहिर बिभिन्न शहरहरूमा छरिएर रहेकेा पाइन्छ । अ।फ्नेा जन्म थलेा छाडेर टाढा जादा पक्कैपनि हाम्रेा भाषा कला संस्कृति अनि लेासार जस्ता महत्वपुर्ण पर्वहरू मान्न पाइरहेका हुदैनैा तर पछिल्लेा समय यी कुराहरू शेर्पाहरूले चटक्कै बिर्सिसकेकेा भनेर भन्न सकिदैन किनकि घर गाउँ भन्दा टाढा रहेपनि बिभिन्न शेर्पा किदुक तथा संघ संस्थाहरू स्थापना गर्ने लहर बढेसंगै अा- अाफ्नै तरिकाले जानी नजानी ग्यल्पेा लेासार मान्ने हेाड बढ्दै गइरहकेा छ । यसलाइ सकारात्मक रूपमा लिन सकिन्छ तर ग्यल्पेा लेासार मान्ने जुन धार्मिक बिधि तथा पद्दति छ त्यसलाइ अवलम्वन गरेकेा पाइदैन ।
बिशेष गरी बिदेशहरूमा स्थापित शेर्पा किदुक तथा संघहरूले एउटा लेासार एउटा रमाइलेाकेा रूपमा मात्र मनाउने गरेकेा पाइन्छ । लेासार कार्यक्रम गर्नकै लागिपनि संघसंस्था खेाल्ने ,खेालिएका संघसंस्थाहरू लेासारकेा बेलामात्र सकृय भएकेा पाइन्छ ।अहिले सम्म हुने गरेका लेासारहरू अै।पाचारिक रूपमा शेर्पा बुध्दिजीवीहरू,जातिय संस्थाका प्रमुखहरू,बिदेशकेा हकमा नेपाली राजदुताबासकेा प्रमुख तथा उपनियेाग र अन्य संघसंस्थाका प्रमुखहरूलाइ निमन्त्रणा गराइ अ।सन ग्रहण गर्न लगाउने २,४ शब्द भन्दै घन्टैा माइकमा बेाल्न लगाउने अन्तमा चर्चित कलाकारहरूकेा उपस्थितिमा रातभर नाँच गान गर्ने,पार्टी ,पिकनिक ग्यादरिङ गराइ रक्सी बियरकेा चुस्की लाउनेजस्ता गलत संस्कार बिकसित हुदै गइरहकेा छ ।
जतिपनि स्थापना भएका किदुकहरू छन् ति किदुकहरू लेासार कार्यक्रमकेा नाममा चर्केा रकम संकलन गर्दै अ।इरहकेा पाइन्छ ।केवल यस पर्वलाइ रमाइलेा अनि नाफामुखी बनाउनमात्र केही किदुकहरू सकृय रहेकेाले शेर्पा युवाहरूले अ।रेाप समेत लगाउदै अ।इरहेका छन् । शेर्पा बुध्दिजीवीहरू र सरेाकारवालाहरूले लेासारकेा नाममा हुने कार्यक्रमहरू लेासारकेा मैालिकतामा कस्तेा असर पुर्रयाएकेा छ? चाडपर्वकेा नाममा मैालाउदै गएकेा गलत संस्कार तथा बिकृतिहरूले समाजलाइ कुन दिशातिर लगिरहेकेा छ ठन्ड दिमागले सेाच्ने बेला अाएकेा छ ।
धार्मिक परम्परा अनुसार शेर्पा समुदायमा बिधिवत रूपमा लेासार अ।उनुभन्दा दुइ दिन पहिले धर्मगुरू तथा लामाहरू बेालाएर कृष्णपक्षिय चतुर्दशीका दिन भब्य पुजा गरिन्छ ।पुरानेा बर्षकेा बिदाइ गर्न नैा थरिकेा अन्न,गेडागुडीहरू मिसाएर परिबार अ।फन्तजनसंगै गुथुक खाने प्रचलन छ । लेासार भन्दा एक दिन अगाडि अ।फ्नेा घर तथा केाठा सजाएर घरकेा भित्ताहरूमा अष्टमंगलमका चिन्हहरू केार्ने गरिन्छ । लेासारकेा दिन बिहानै धाराबाट पानी थापेर देवताकेा पुजा गर्ने खप्से क्षिमार डेसिल क्षयाङफु बनाएर खाने चलन छ । तर अहिले यी धार्मिक महत्वकेा लेासारलाइ एउटा रमाइलेाकेा माध्यमकेा रूपमा मात्र लिने शेर्पाहरूकेा संख्या बढ्देा छ । बिदेशमा हुने लेासार कार्यक्रमहरूमा उल्लेखित मैालिकताहरू समेटिएकेा पाइदैन । रमाइलेा साथसाथै लेासार मान्ने तरिका,लेासारकेा महत्व शेर्पा संघसंस्थाका अगुवाइहरूले पछिल्ला शेर्पा युवाहरूलाइ सिकाउनुपर्दछ नत्र भने पछिल्ला पिढीले कामीलाइ धिकार्नेछन् । लेासारबारे जतिपनि अन्यैालता र भ्रमहरू छन् त्यसलाइ प्रस्ट पार्न धार्मिक गुरू लामाहरूकेा उपस्थितिमा लेासारबारे प्रबचन,जानकारी मुलक बुकलेट,पर्चा,पम्प्लेट तथा बिभिन्न संचार माध्यमहरूमा जानकारी मुलक शन्देशहरू दिन तर्फ शेर्पा संघ संस्थाकेा बिभिन्न अे।हदामा बस्ने शेर्पाहरूकेा ध्यान पुग्न जरूरी छ ।
अर्केा कुरा संघसंस्थाहरूले लेासार कार्यक्रम अ।येाजना गर्दा सबै शेर्पाहरूकेा अ।र्थिक क्षमता,अबस्थालाइ पनि ध्यान दिनुपर्दछ । बर्षदिनमा एक दिन अ।उने लेासारमा मात्र माइक फुट्ने गरी शेर्पा संस्कृति,भाषा,धर्म,रहनसहनकेा प्रबर्धन गर्नुपर्छ भनी भाषण गर्ने त्यसकेा भेालिपल्टदेखि मैान रहने गलत प्रबृति,लेासारकेा दिनमात्र हामी शेर्पा जाति हैा भने्र मागी मागी बख्खु,तेतुङ,देाचा लगाएर २,४ वटा स्यबु् गीतमा खुट्टा बजारेर नाँचेरमात्र शेर्पा संस्कृति बिकास हुदैन ।हाम्रेा मैालिकता लेासारकेा नालीबेली बुझ्न र बुझाउन सक्नुपर्दछ । बास्तबिक भन्दा फरक तरिकाले खर्चिलेा लेासार मनाउदा अर्केा तिर कमजेार अ।र्थिक अवस्था भएका शेर्पाहरू जेा दिनरात दुख गर्छ तैपनि खाना लाउन धैा धैा छ उनीहरूकेा मनेाबिज्ञानमा पर्ने असर मनन गर्न पनि अ।वश्यकता छ । उनीहरूका लागि राज्यबाट केही रकम छुट्याउन पहल गर्नुपर्दछ । खर्चिलेा हैन सहज रूपमा शहभागितात्मक रूपमा लेासार मनाउनसक्ने वातावरण अ।म शेर्पाहरूले तयार पारैा धन्याबाद । थुजिक्षे
-लेखक : फुर्वा शेर्पा ,जापान
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline