‘प्राज्ञिक विद्यार्थी परिषद्’को सातौं राष्ट्रिय अधिवेशन चैत्र तेस्रो साता पोखरामा हुँदै

‘प्राज्ञिक विद्यार्थी परिषद्’को सातौं राष्ट्रिय अधिवेशन चैत्र तेस्रो साता पोखरामा हुँदै

  • सोमवार, माघ ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 12.9K
    SHARES

काठमाडौं, माघ ८ । 
प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले सोमबार आफ्नो सातौं राष्ट्रिय अधिवेशनको लोगो सार्वजनिक गरेको छ । सोमबार वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसर पारी विद्यार्थी परिषद्ले सातौं राष्ट्रिय अधिवेशनको लागो सार्वजनिक गरेको हो ।

अधिवेशनको लोगो सोमबार राजधानीमा एक कार्यक्रमका बीच परिषद्का राष्ट्रिय महासचिव रमेश कण्डेल र राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकालले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

विद्यार्थी परिषद्को सातौं अधिवेशन आगामी चैत्र तेस्रो साता पोखरामा हुँदै छ । लोकतन्त्र, रोजगार र मूल्यआधारित शिक्षाका लागि सातौं राष्ट्रिय अधिवेशन भन्ने मूल मर्मका साथ अधिवेशन गर्न लागिएको विद्यार्थी परिषद्ले जनाएको छ ।

यसअघि विद्यार्थी परिषद्ले २०७२ चैत्रमा आफ्नो छैठौं राष्ट्रिय अधिवेशन काठमाडौंमा गरेको थियो । २०५२ सालमा स्थापना भएको परिषद्ले विभिन्न शैक्षिक कार्यक्रम, जनचेतनामूलक कार्यक्रम, नेतृत्व तथा व्यक्तित्व विकासका तालिमहरु सञ्चालन गर्दै आएको छ ।

मुलुकको सबै जिल्लामा काम गर्दै आएको विद्यार्थी परिषद्ले सातौं राष्ट्रिय अधिवेशनको लागि तयारी तिव्र पारिएको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी