डिभिजन–२ को खेलतालिका सार्वजनिक, नेपालको पहिलो भिडन्त आयोजक नामिबियासँग

डिभिजन–२ को खेलतालिका सार्वजनिक, नेपालको पहिलो भिडन्त आयोजक नामिबियासँग

  • शनिबार, माघ ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाडौं, माघ ६ ।
आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ को खेलतालिका सार्वजनिक भएको छ ।
अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले आज सार्वजनिक गरेको तालिकाअनुसार आगामी माघ २५ गते आयोजक नामिबियासँग खेल्दै नेपालले प्रतियोगिताको सुरुआत गर्नेछ ।
दोस्रो खेलमा नेपालले माघ २६ गते ओमानको सामना गर्नेछ ।
यस्तै, तेस्रो खेलमा नेपालले २८ गते युएईसँग, चौथो खेलमा २९ गते केन्यासँग र पाँचौं तथा अन्तिम खेलमा क्यानडाको सामना गर्नेछ ।
प्रतियोगिताको शीर्ष दुई स्थानमा रहने टोली जिम्बाब्वेमा आयोजना हुने एक दिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगिताका लागि छानिने आयोजकले जनाएको छ ।
ओमान र क्यानडा डिभिजन–३ बाट बढुवा हुँदै डिभिजन–२ मा छानिँदा नेपाल, केन्या, युएई र नामिबिया शीर्ष डिभिजनबाट घटुवा भएका हुन् । प्रतियोगिता माघ २५ देखि नामिबियामा हुन लागेको हो ।प्रतियोगिता जित्ने लक्ष्यका साथ नेपाली टोली यतिबेला बन्द प्रशिक्षणमा व्यस्त छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ