जंगलको घास काटेर पार्टीलाई लेवी बुझाए नेकपा सुनसरीका नेता कार्यकर्ताले

जंगलको घास काटेर पार्टीलाई लेवी बुझाए नेकपा सुनसरीका नेता कार्यकर्ताले

  • शनिबार, पुस २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 14.3K
    SHARES

चन्दा सुवेदी, पुष २२ धरान । भनिन्छ कम्युनिष्टहरु श्रमप्रति माया गर्दछन् । पुजीवादी समाजमा ठुला मान्छे, नेता भनेको परजीवीको जीवन जिईरहेका हुन्छन् ।
तर कम्युनिष्ट कार्यकर्ताहरु श्रमलाई जहिले माया गर्दछन् । कार्लमाक्र्सले पनि भनेका छन् कि मान्छे त्यो बेलामा सुन्दर देखिन्छ , जतिखेर उ गोरुले जस्तै परिश्रम गरीरहेको हुन्छ ।
यसै कुरालाई ध्यानमा राख्दै नेकपा सुनसरी धरानमा रहेका नेता कार्यकर्ताले आज सामुहिक श्रम गरेर त्यसबापत प्राप्त भएको रकमबाट पार्टीलाई लेवी बुझाएका छन् ।
नेकपा कोशी ब्युरो सदस्य तथा धरान नगर ईन्चार्ज चट्टान राईको नेतृत्वमा नगर सचिव सुरज राई, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष पुष्प न्यौपाने, नगरका युवा अध्यक्ष तीर्थ बयलकोटी सहितको टोलीले धरान स्थित लागांली सामुदायीक बन भित्रको झाडी फाड्ने कार्य सम्पन्न गरेको हो ।
सो बापत सामुदायीक बनले दिएको पारीश्रमिकबाट नेता कार्यकर्ताले पार्टी भित्रको नियमित लेवी बुझाएका छन् । सुकुम्बासीको घर निर्माण,बाढी पीडितको उद्धार र राहतमा पनि नेकपा सुनसरीले उल्लेख्य सहयोग पुर्याएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी