टिप्पणी
माईकल वल्फ जो एक जना अमेरीकी पत्रकार हुन् उनले आफ्नो पुस्तकमा भनेका छन् शायद यस समय पृथ्वीमा भएका मानिसहरुले भरोसा गर्न नसक्ने व्यक्ति ट्रम्प हुन् ।
उनले आफ्नो किताव फायर एण्ड फ्युरीःइनसाईड द ट्रम्प ह्वाईट हाउस मा ट्रम्पका सबै बोलीहरु झुट्टो भएको दावी गरेका छन् ।
तीन महिना शोधका लागि ह्वाईट हाउसमा बिताएका उनको पुस्तक प्रकाशनमा रोक लगाउने कोशिस भए पनि विक्री शुरु भएको छ ।
ट्रम्पको राष्ट्रपतिमा जीत पनि धेरै अमेरीकीहरुको कल्पना विपरीत थियो । तर उनले जीते पछि मेलियाना नामकी एक अधिकारीले उनलाई भुत जस्तो देखेको पनि टिप्पणी गरेकी छन् ।
आजको अमेरीका सन् १९६० को दशकपछि पावरमा आएको देखिन्छ । ४५ औं राष्ट्रपतिका रुपमा ट्रम्प आए लगत्तै उनले आफ्ना धेरै घोषणा र टिप्पणीहरु ट्वीटर मार्फत सार्वजनिक गरीरहेका छन् । ह्वाईट हाउसका कर्मचारीहरु उनलाई एउटा बच्चा जस्तो सम्झन थालेका छन् । पुस्तकमा उल्लेख छ ।
ट्रम्पले चीनसगँको दुरी बढाउन ताईवानलाई सम्पर्क गर्न पनि ट्वीटरको प्रयोग गरे । उत्तर कोरीयाुगँको सम्बन्ध तनावमा पुर्याउन पनि उनले ट्वीटरको सहारा लिईरहेका छन् ।
जनवरी १ मा पाकिस्तान विरुद्ध पनि ट्वीटर मार्फत नै सैन्य सहायता रोक्ने र कार्बाही गर्ने चेतावनी दिए पछि उनको ट्वीटर अट्याक जारी देखिन्छ ।
ट्वीटर मार्फत आफ्नै पुर्व सल्लाहकार, अधिकारीहरुबारे पनि उनी विवादीत टिप्पणी गर्ने गर्दछन् । किम जोन उनसगँको उनको वर्ड वारको माध्यम ट्वीटर बनेको छ ।
एक पछि उनको ट्वीटर घोषणाले मुख्यतः अहिलेको विश्वको मुख्य शक्ति अमेरीकाको अन्तराष्ट्रिय भविष्य कतै संकटमा पर्ने त हैन भन्ने चिन्ता बढाएको छ ।
अमेरीकाले एउटा शक्तिशाली साम्राज्यको रुपमा विश्वमा आफ्नो दवदवा कायम राखेको थियो । ट्रम्पको उदय पछि अमेरीकाले आफ्ना अन्तराष्ट्रिय दायित्वहरुबाट टाढा भाग्दै गएको छ ।
ट्रम्पले पेरीस जलवायु सम्झौता तोडेका छन् । अमेरीकालाई फेरी महान बनाउने उनको उद्घोषले अमेरीकाको विश्वव्यापी सम्बन्धहरुलाई धरापमा पारीरहेको छ ।
सन् २०१७ भित्र उनले युनेस्कोबाट हात झिक्नु, २ दर्जन बढी अरब राष्ट्रहरुलाई चिढ्याउने गरी जेरुसेलमलाई ईजरायलको राजधानीको मान्यता दिनु र दुतावास सार्नु , ईरानसगँको परमाणु सम्झौताबारे टिप्पणी गर्नु जस्ता विषयले टम्पको ट्वीटर मार्फतका घोषणाहरु घातक सावित हुदै गएका छन् ।
एशिया तथा प्रशान्त क्षेत्रमा आक्रामक युद्ध नीतिका साथ उनी आए पनि अमेरीकाले दशकौ अघिको जस्तो सैन्य श्रेष्ठता कायम गर्न नसक्ने देखिन्छ । पहिलो कारण यो क्षेत्रको सर्वश्रेष्ठ सैन्य शक्तिको रुपमा चीन देखा पर्दैछ भने उत्तर कोरीया विस्तारै परमाणु हतियार सम्पन्न भएको देखिन्छ । उता रुसले शीत युद्धकालीन अवस्थाबाट आफूलाई माथि लगेको देखिन्छ ।
यदी पाकिस्तानसगँ सम्बन्ध विग्रियो भने यसले एशिया क्षेत्रमा अमेरीकी रणनीतिक मार्गमा अर्को धक्का लाग्न सक्छ । साथै छिमेकी मुलुक मेक्सीकोमाथिको उनको टिप्पणी , आप्रवासी नागरिक तथा मुसलमान नागरिकहरुलाई अमेरीका प्रवेशमा गरिएको कडाई आदिले ट्रम्प ठूलो आलोचनाको पात्र बनिरहेका छन् ।
यस्तो देखिन्छ कि ट्रम्प क्रमशः अमेरीकी नेतृत्व क्षमतामा कमजोर सावित हुदै गईरहेका छन् जति उनले गर्न खोजिरहेका छन् त्यसले केबल नकारात्मक परिणाम तर्फ धकेलिरहेको छ ।
यदी उनले उत्तरकोरीया, चीन, पाकिस्तान वा ईरानमै युद्ध छेडे भने अमेरीकाको लागि अर्को ठूलो अभिषाप बन्ने छ । यही अवस्था बढ्दै जाने हो भने यात अमेरीकाको अन्तराष्ट्रिय मञ्चमा भूमिका कमजोर हुने छ । अमेरीकन स्कोलार एन्ड्रीउ बाकेबीचले सन् २००८ मा प्रकाशित आफ्नो पुस्तक लिमिट अफ् पावरमा साम्राज्यवाद अति उत्कर्षमा पुगेको र धेरै टिक्न नसक्ने भनी टिप्पणी गरेका थिए । कतै अमेरीका ट्रम्पका कारण त्यही बाटोमा जाने त होईन ?