सुनवलका एक वार्ड अध्यक्षले खोलाबाट बालुवा चोरेपछि….

सुनवलका एक वार्ड अध्यक्षले खोलाबाट बालुवा चोरेपछि….

  • बुधबार, पुस १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 12.6K
    SHARES

सुनवल, १९ पुस । सुनवल नगरपालिकाको एक वार्ड अध्यक्षको टयाक्टर तुरिया खोलाबाट बालुवा चोरी भाग्दै गर्दा गाउँलले टयाक्टरलाई समातेर प्रहरलाई बुझाएका छन् । सुनवल नगरपालिका २ स्थित तुरिया खोलाबाट टयाक्टरमा बालुवा लोड गरि भाग्दै गर्दा खुटहटका स्थानिय बासीले टयाक्टर समातेर ईलाका प्रहरी कार्यालय सुनवललाई बुझाएका हुन् ।

खोलामा ठेक्का नलाग्दै अवैध उत्खनन गरि खोलाबाट बालुवा चोरी भाग्दै गर्दा स्थानियले टयाक्टर समाती प्रहरीलाई बुझाई कार्वाहीको माग गरेका छन् । पक्राउ परेको उक्त टयाक्टर सुनवल नगरपालिका वार्ड नम्बर २ का वार्ड अध्यक्ष राजेन्द्र यादवको रहेको खुलेको छ ।

घरायसी प्रयोजनका लागि खोलाबाट बालुवा झिकेको स्थानियले आरोप लगाएपछि वार्ड अध्यक्षले, टयाक्टर मैले प्रयोग नगरेको भन्दै अर्काे व्यक्तिलाई टयाक्टर भाडामा दिएको सफाई दिए ।

अध्यक्ष यादवले भने, म बाहिर थिए मेरो टयाक्टर अरु कसैले प्रयोग गरेको छ मलाई यस विषयमा केहि थाहा छैन । प्रहरीको नियन्त्रणमा रहेको उक्त टयाक्टरको नम्बर पटक पटक प्रहरी संग माग गर्दा प्रहरीले दिन खोजेन ।

टयाक्टर खोलाबाट पक्राउ गरिएको होईन त्यसकारण यस विषयमा थप अनुसन्धान भैरहेकाले टयाक्टरको नम्बर र विवरण दिन नमिल्ने सुनवल प्रहरीले बहाना गरेको छ । सन्चार माध्यमलाई टयाक्टरको नम्बर नदिनु र विवरण लुकाउनु पक्कै यस घटनालाई लुकाउन खोजिएको यहाँका संचार माध्यमहरुको आरोप छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी