– डा. उत्तम खनाल
नचिनेर के भयो खै !
साईनो गाँस्न जानिएन
चिनजानले पो के ग¥यो र
सँगै हाँस्न मानिएन ।
पिउनेहरु भन्ने गर्छन्
अमृतको नि नशा हुन्छ
मात्रा हेरी नलिएत
जिन्दजी नै दशा हुन्छ ।
फुल्दै गरे फूल पनि
स्पर्शको बाढी भेल
भूँईमा परे चुम्दैन खै !
जादो रैछ कुल्चि खेर ।
काँडा विच गुलाफ फुल्दा
भमरा नि झुम्दो रैछ
दर्शन भेटी चढाएर
बरु पाउ चुम्दो रैछ ।
फूलको आफ्नै सुगन्धले
के पो चर्चा पाउँछ होला
बखान गर्ने माली सँग
कति हुल आउँछ होला ।
रित जान प्रित जान
या त तिमि आफै मान
सजाएर वा वा गर्लान्
अधरको फुर्को बान ।
चोली सानो कसिएको
टप्प ज्यान सजिएको
मिठो मुस्कान लहरमा
सारा संसार रचिएको ।
डा. उत्तम खनाल
ना.न.पा ८, काठमाण्डौ ।
प्रतिकृयाः
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline