दीक्षान्त समारोहमा नेहरु विश्वविद्यालयका उपकुलपतिलाई आमन्त्रण

दीक्षान्त समारोहमा नेहरु विश्वविद्यालयका उपकुलपतिलाई आमन्त्रण

  • बिहिबार, पुस १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

 

काठमाडौँ, १३ पुस।

त्रिभुवन विश्वविद्यालयले आगामी आइतबार गर्ने ४३औँ दीक्षान्त समारोहको तयारी पूरा भएको छ ।

ललितपुरस्थित पुल्चोक क्याम्पसको खेल मैदानमा हुने समारोहको तयारी पूरा भएको त्रिविका परीक्षा नियन्त्रक कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले जानकारी दिनुभयो ।

समारोहको प्रमुख अतिथिमा जवाहरलाल नेहरु विश्वविद्यालयका उपकुलपति प्रा डा एम जगदीश कुमारलाई आमन्त्रण गरिएको उहाँले बताउनुभयो । उपकुलपति कुमार शुक्रबार नेपाल आउनुहुने कार्यक्रम छ ।

त्रिविको दीक्षान्त समारोहमा विदेशस्थित विश्वविद्यालयका प्राज्ञिक व्यक्तित्व प्रमुख अतिथि हुने परम्परा छ ।

समारोहमा विद्यावारिधितर्फ ६२ विद्यार्थीसहित कूल आठ हजार २६७ विद्यार्थी दीक्षित हुने भएका छन् । यस्तै करिब तीन हजार अभिभावक र एक हजार २०० कर्मचारी पनि समारोहमा सहभागी हुने सहनियन्त्रक अधिकारीले बताउनुभयो ।

समारोहमा र विभिन्न विषयमा उत्कृष्ट अंक ल्याउने ३१ विद्यार्थी पुरस्कृत हुने उहाँले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी