अबदेखि साधारण सेयर खरिद गर्न हितग्राही खाता अनिवार्य

अबदेखि साधारण सेयर खरिद गर्न हितग्राही खाता अनिवार्य

  • मङ्लबार, पुस ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाडौं, पुस ११ । हितग्राही खाता नहुनेले अब साधारण सेयर खरिद गर्न नपाउने भएका छन् ।

नेपाल धितोपत्र बोर्डले गरेको नयाँ व्यवस्थाअनुसार सेयर खरिदका लागि अनिवार्यरुपमा उक्त खाता हुनैपर्नेछ । बोर्डकाअनुसार अझैपनि तीन लाख बढीले त्यस्तो खाता खोलेका छैनन् ।

हितग्राही खाता नहुनेले निकट भविष्यमा नै आउन लागेको साञ्जेन जलविद्युत् कम्पनीको साधारण सेयरमा आवेदन दिन नपाउने भएका हुन् ।

चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी साञ्जेनले निकट भविष्यमा सीमित साधारण सेयर जारी गर्न लागेको छ । सेयर बिक्रीका लागि नागरिक लगानी कोषलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

यस्तै, सहायक बिक्री प्रबन्धकमा सनराइज क्यापिटल, प्रभु क्यापिटल, ग्लोबल आइएमई क्यापिटल, सिभिल क्यापिटल र एनएमबी क्यापिटल छन् ।

कम्पनीले मंगलबार सूचनामार्फत् साधारण सेयरका लागि अनिवार्यरुपमा हितग्राही खाता (डिम्याट) जरुरी रहेको भन्दै तत्काल खाता खोल्ने प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ ।

कम्पनीले मंगलबार प्रकाशित गरेको सूचनाअनुसार १०० रुपैयाँ मूल्य अंकित तीन करोड ६५ लाख कित्ता सेयरमध्ये कर्मचारी सञ्चयकोषमा रकम जम्मा गरेका सञ्चयकर्ता कर्मचारीलाई ७१ लाख १७ हजार ५०० रुपैयाँ बराबरको कित्ता सेयर बिक्री गर्न लागेको छ ।

यस्तै, संस्थापक शेयरधनी संस्थाका कर्मचारीलाई १२ लाख ७७ हजार ५०० कित्ता र ऋणदाता संस्थाका कर्मचारीलाई तीन लाख ६५ हजार कित्ता गरी पहिलो चरणमा ८७ लाख ६० हजार कित्ता साधारण बिक्री गर्न लागेको जनाएको छ ।

सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट गत मंसिर २६ गते उक्त कम्पनीले स्वीकृति पाइसकेको छ ।

बोर्डको नियमअनुसार आस्वा प्रणालीमार्फत् सेयर आवेदन दिनका लागि हितग्राही खाता अनिवार्य रहेको भन्दै तत्काल उक्त खाता खोल्न कम्पनीले आग्रह गरेको हो ।

कम्पनीकाअनुसार पहिलो चरणमा नेपाल विद्युत् प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी र रसुवाको साविक जिविस तथा गाविसका कर्मचारीलेसमेत उक्त सेयर खरिद प्रक्रियामा सहभागी हुन सक्नेछन् ।

कर्मचारी सञ्चय कोषका कर्मचारी, सञ्चयकोषमा रकम जम्मा गरेका कर्मचारीले सेयर खरिद प्रक्रियामा सहभागी हुनसक्ने व्यवस्था गरिएको छ ।

यस्तै, कम्पनीले दोस्रो चरणमा स्थानीय प्रभावितलाई १० प्रतिशत र आम नेपालीका लागि १५ प्रतिशत साधारण सेयर बिक्री गर्ने तयारी गरिएको जनाएको छ ।

कम्पनीकाअनुसार कुल १४.८ मेगावाट क्षमताको माथिल्लो साञ्जेन निर्माणको अन्तिम चरणमा पुगेको छ । आगामी असारदेखि सो आयोजनाले विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ ।

यस्तै, तल्लो साञ्जेन जलविद्युत् आयोजनाको पनि भौतिक प्रगति ५० प्रतिशतमाथि पुगेको छ । सो आयोजनाको क्षमता ४२.५ मेगावाट रहेको छ । रासस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी