विद्यालय सुधारका लागि २५ बुँदे घोषणापत्र

विद्यालय सुधारका लागि २५ बुँदे घोषणापत्र

  • आइतवार, पुस ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

लमजुङ, ९ पुस ।उत्तरी क्षेत्रको मस्र्याङ्दी गाउँपालिकामा रहेका सामुदायिक विद्यालयको सुधारका लागि २५ बुँदे घोषणापत्र तयार पारिएको छ ।

गाउँपालिकाका पदाधिकारी र गाउँपालिकामा रहेका सामुदायिक विद्यालयका प्रअ, व्यवस्थापन समितिका अध्यक्ष र शिक्षाविज्ञसहितको भेलाले कार्ययोजनासहितको घोषणापत्र तयार गरेको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिनुभयो ।

गुणस्तरीय, वैज्ञानिक र व्यावहारिक शिक्षाका लागि सम्पूर्ण सामाजिक अभियानकर्मी, जनप्रतिनिधि, शिक्षाप्रेमी, सरोकारयुक्त संघसंस्था र अभिभावकलाई योजनाबद्ध ढङ्गबाट अभियानमा लाग्न तथा सहयोग र समन्वय गर्न घोषणापत्रमा आग्रह गरिएको छ ।

घोषणापत्रमा गुणस्तरीय शिक्षाका लागि उचित वातावरण तयार गर्ने, शिक्षकलाई राजनीतिक दल वा त्यसका भ्रातृ संगठनमा आबद्ध भई राजनीतिमा क्रियाशील हुन नदिने, विद्यार्थीमा रहेका आन्तरिक क्षमतालाई प्रस्फुटन गर्न प्रतिस्पर्धात्मक प्रतियोगिता आयोजना गर्नेलगायत बुँदा छन् ।

यस्तै एक विद्यालय एक खेलकुद र कम्प्युटर शिक्षकलाई तालीमको व्यवस्था गरिने, विद्यार्थी, शिक्षक, समितिका पदाधिकारी÷सदस्यको क्षमता, लगनशीलता र शिक्षा क्षेत्रमा पु¥याएको योगदानको सम्मानार्थ मापदण्ड तयार गरी पुरस्कृत गरिने घोषणापत्रमा उल्लेख छ ।

यसैगरी माविलाई प्रविधिमैत्री बनाउने, एक विद्यालय एक पुस्तकालयको अवधारणा ल्याइने, गाउँपालिकास्तरीय शैक्षिक पात्रो निर्माण गरिने, गाउँपालिकास्तरीय परीक्षा समिति गठन गर्ने, शिक्षा आचारसंहिता कार्यान्वयनमा ल्याइने जस्ता बुँदा पनि घोषणापत्रमा उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी