२४ वर्षअघिको भ्रुणबाट बच्चा जन्मियो  !

२४ वर्षअघिको भ्रुणबाट बच्चा जन्मियो  !

  • बिहिबार, पुस ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

वासिंटन, पुस ६ । २४ वर्षअघि सुरक्षित राखिएको एक भ्रुणबाट अमेरिकामा हालै एक बच्चाको जन्म भएको छ ।एकजनाले अमेरिकामा एउटा संस्थालाई २४ वर्षअघि यो भ्रुण दान गरेका थिए । उक्त भ्रुणबाट जुन महिलाले बच्चा जन्माएकी छन्, भ्रुण दान गर्दा उनी स्वयं डेढ वर्षकी थिइन् ।

‘इन भिट्रो फर्टिलाइजेसन’ (आइभिएफ) प्रविधिबाट बच्चाको जन्म भएको हो । यो प्रविधिको विकास भए यता भ्रुण र बच्चाको जन्मबीच यो नै सर्वाधिक अन्तर रहेको विज्ञहरुको दावी छ ।

भ्रुणबाट बालिका जन्मिएकी हुन् । ती बालिकाको नाम एमा रेन गिब्सन राखिएको छ । टिना गिब्सनको गर्भाशयमा उक्त भ्रुणलाई प्रविष्ट गराएर एमा रेनलाई जन्म दिइएको हो ।

गत नोभेम्बरमा एमाको जन्म भएको हो । टिना भन्छिन्, ‘म २५ वर्षकी छु, मैले लिएको भ्रुण जुनबेला दान गरियो, त्यतिबेला नै यो भ्रुणबाट शिशुको जन्म भएको भए आज हामी उस्तै उमेरका असल साथी हुन सक्थ्यौं ।’ तर यति लामो अन्तरमा उक्त भ्रुणबाट आफूले सन्तान जन्माउन पाएकोमा खुशी लागेको उनले बताइन् ।

उनी भन्छिन्, ‘मलाई सन्तान चाहिएको थियो, यो विश्व कीर्तिमान हो या होइन भन्नेमा मलाई चासो छैन ।’

टिनाका पति बेन्जामिनलाई सिस्टिक फायब्रोसिस नामक रोग छ । जसका कारण उनी प्राकृतिक रुपमा पिता बन्न सक्दैनन् । सन्तानको चाहमा टिना र बेन्जामिन एउटा संस्थामा पुगे, जहाँ भ्रुण जम्मा गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी