झलनाथ खनालको उद्घोष– क्रान्ति, आन्दोलन, संघर्ष र जनयुद्धको युग सकियो

झलनाथ खनालको उद्घोष– क्रान्ति, आन्दोलन, संघर्ष र जनयुद्धको युग सकियो

  • आइतवार, पुस २, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौं,२ पुस । नेकपा एमालेका वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालले मुलुकमा क्रान्ति, आन्दोलन, संघर्ष तथा जनयुद्ध र सशस्त्र युद्धको युग समाप्त भएको उद्घोष गरेका छन् । नया जनादेशसँगै आन्दोलनको युग नै सकिएको भन्दै उनले अब मुलुक लोकतान्त्रिक बाटोमा अघि बढ्दै सम्वृद्ध राष्ट्र बन्ने उल्लेख गरे ।

काठमाडौ क्षेत्र नम्बर ५ संयुक्त बाम गठबन्धन निर्वाचन परिचालन कमिटीले शनिबार गरेको चियापान समारोहमा खनालले गठबन्धनको चुनावी घोषणपत्रमा उल्लेख गरेका नीति कार्यक्रम तथा प्रतिवद्धतालाई कार्यान्वयन गर्न कुनै कसर बाँकी नराख्ने बताए ।

मुलुकभरबाट वामगठबन्धनले प्राप्त गरेको विजय कम्युनिष्ट आन्दोलनको विजय भएको भन्दै उनले राष्ट्रियता सुदृढ, सर्वाभौम सत्ता र राष्ट्रिय अखण्डतालाई सुदृढ गर्ने काममा कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाए । गठबन्धनमाथि लाग्ने गरेका आरोपको गतिलो जवाफ दिने ढंगले लोकतन्त्र सुदृढ गर्न दृढतापूर्वक लाग्ने विश्वास पनि उनले व्यक्त गरे । चियापान कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल लगायत वामगठबन्धनमा नेता कार्यकर्ताहरुको उपस्थिति थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ