सरकार निर्माणमा मार्गप्रशस्त गर्न आग्रह

सरकार निर्माणमा मार्गप्रशस्त गर्न आग्रह

  • आइतवार, पुस २, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

 

दमक, २ पुस ।

नेकपा (एमाले)का नेता सुवास नेम्वाङले वर्तमान सरकारले निर्वाचनबाट प्राप्त जनादेशलाई तत्काल सम्मान गरेर सरकार निर्माणमा मार्गप्रशस्त गर्न प्रधानमन्त्रीसँग आग्रह गर्नुभएको छ ।

आज बिहान पत्रकारसँग कुरा गर्दै पूर्वसभामुख नेम्वाङले वर्तमान सरकारले जनादेशलाई रोक्ने प्रयास गरेको आरोप लगाउँदैनयाँ सरकारका लागि तत्काल बाटो खोलिदिएर सहमतीय वातावरण निर्माण गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “राष्ट्रियसभा विधेयकका नाममा बखेडा झिकेर जनादेशप्राप्त जनप्रतिनिधिलाई आफ्नो काम गर्नबाट बञ्चित गराउन खोज्नु उचित हुँदैन, जनादेशानुसार बाटो सहज गरिदिनुपर्छ ।”

राष्ट्रियसभा विधेयक ल्याउन सरकारले ढिला गरेका कारण समस्या आएको बताउँदै नेम्वाङले सो विधेयक निर्वाचनअघि नै ल्याउनुपर्नेमा अहिले निर्वाचन परिणाम आइसकेपछि ल्याइएकाले यस्तो समस्या देखिएको विचार व्यक्त गर्नुभयो ।

संविधानमा सामान्य बहुमत भनी उल्लेख हुँदाहुँदै एकल संक्रमणीय भनी जिद्दी गर्नु संविधान विपरीत भएको टिप्पणी गर्दै उहाँले संविधान कार्यान्वयनका लागि निर्वाचन स्वीकारेर अघि बढ्न र संविधानले व्यवस्था गरेका प्रणालीहरु आत्मसात् गरेर जान दलहरुलाई सुझाव दिनुभयो ।
“एमाले र माओवादी केन्द्रलाई जनताले जनादेश दिएका छन्, अब दम्भ होइन, लचिलो भएर अघि बढ्नुको विकल्प छैन”, इलाम क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेम्वाङले भन्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ