समानुपातिकतर्फ दुई जिल्लाको अन्तिम नतिजा आउन बाँकी, यस्तो छ पछिल्लो अपडेट

समानुपातिकतर्फ दुई जिल्लाको अन्तिम नतिजा आउन बाँकी, यस्तो छ पछिल्लो अपडेट

  • शनिबार, पुस १, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौं, पुस १ ।
मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको ७५ जिल्लाको मतगणना कार्य सकिएको छ ।
अब २ जिल्लामा मतगणना कार्य जारी रहेको छ । मतगणना जारी रहेका जिल्लामा सुनसरीको क्षेत्र नं. ३ तथा सर्लाहीको क्षेत्र नं. २, ३ र ४ मा मतगणना जारी रहेको छ ।

निर्बाचन आयोगको पछिल्लो विवरण अनुसार, हालसम्म ९३ लाख ७२ हजार ५४४ मतगणना सम्पन्न भएको छ ।

प्राप्त मत परिणाम अनुसार, नेकपा एमालेले ३१ लाख ४४ हजार ४३४ मत, नेपाली काँग्रेसले ३० लाख ८५ हजार २६०, नेकपा (माओवादी केन्द्र) ले १२ लाख ८० हजार ५५४ मत प्राप्त गरेका छन् ।

संघीय समाजवादी फोरम, नेपालले ४ लाख ६१ हजार ३९०, राष्ट्रिय जनता पार्टी, नेपालले ४ लाख ५९ हजार ४३७, विवेकशील साझा पार्टीले २ लाख ११ हजार ९६४ मत प्राप्त गरेका छन्

त्यस्तैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ९४ हजार ३४९ राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक) ले ८७ हजार ८४६ नयाँ शक्ति पार्टी, नेपालले ८० हजार ९६९, राष्ट्रिय जनमोर्चा ६२ हजार ६३ र अन्य दलले ३ लाख ५० हजार १३० मत प्राप्त गरेका छन् ।

मतगणना अन्तिम चरणमा पुगेकाले आज साँझसम्ममा सबै परिणाम सार्वजनिक हुने आयोगका प्रवत्ता नवराज ढकालले जानकारी दिनुभएको छ ।

योसँगै पाँच वटा पार्टीले मात्र राष्ट्रिय दलको मान्यता पाएका छन् । संविधानअनुसार कूल सदर मतको ३ प्रतिशत ल्याउने पार्टीलाई राष्ट्रिय दलका मान्यता दिने व्यवस्था छ ।

सो अनुसार नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले राष्ट्रिय दलको मान्यता पाएका हुन् ।

अरु दलले ३ प्रतिशत मत कटाउन नसके पछि उनीहरुले राष्ट्रिय दलको मान्यता पाउन सकेनन् । आज साझ सम्ममा अन्तिम मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ