प्रचण्ड शनिवार बिहानै प्रधानमन्त्री देउवालार्इ भेट्न पुगे बालुवाटार , के भयाे छलफल ?

प्रचण्ड शनिवार बिहानै प्रधानमन्त्री देउवालार्इ भेट्न पुगे बालुवाटार , के भयाे छलफल ?

  • शनिबार, पुस १, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौं, पुस १ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको आज भएको भेटवार्तामा दुई दलका शीर्ष नेताहरुबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा छलफल भएको हो ।

प्रधानमन्त्रीसँग भेट गर्न पुगेका माओवादी केन्द्रका अध्यक्ष दाहालले नयाँ सरकार गठनको प्रक्रियाबारे चासो राखेका थिए ।

जवाफमा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले राष्ट्रियसभाको निर्वाचन मिति तोकेर चुनाव गराउनु आफ्नो दायित्व भएको भन्दै राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश प्रमाणीकरण गराउन पहल गर्न आग्रह गरे ।

उनले आफू सत्ता हस्तान्तरण गर्न आतुर रहेको भन्दै वातावरण बनाउन अध्यक्ष दाहाललाई सुझाव दिएको बालुवाटार स्रोतले जनाएको छ ।

अध्यक्ष दाहालले भने राष्ट्रियसभा गठन अगावै पनि सरकार बनाउन सकिने कानुनविद्हरुले बताइरहेको जानकारी गराएका थिए । देउवा र दाहालबीच करिब आधा घण्टा मात्र भेटवार्ता भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ