धनगढी । चुनावको परिणामले ७ नम्बर प्रदेशमा पनि नेकपा एमाले र माओवादी केन्द्रले सरकारले बनाउने भएका छन् ।
चुनावको अन्तिम नतिजासँगै अब बन्ने सरकारतिर ध्यान गएको छ । त्यसपनि केन्द्र र प्रदेश सरकार बनाउने नतिजा एमाले–माकेको पक्षमा आएकोले यी दुई पार्टीले कसरी भागबण्डा गर्छन्, कुन प्रदेश कसको भागमा पर्छ, मुख्यमन्त्री को बन्छ, राजधानी कहाँ हुन्छ ? यस्तै प्रश्न हुन संसदीय राजनीतिका ।
प्रदेश नम्बर २ बाहेक ६ ओटै प्रदेशमा एमाले–माकेले सुविधाजनक सरकार बनाउन सक्ने देखिएको छ । यसबारे एमाले र माकेका नेताहरुले आपसमा अनौपचारिक छलफल गरेपनि दुबै पार्टीबीच वार्ता वा छलफल हुन सकेको छैन ।
चुनावी भागबण्डाअनुसार नै ६० र ४० मा गएपनि दुई प्रदेशको नेतृतव माओवादी केन्द्रले पाउने देखिएको छ । माओवादी केन्द्रका नेताहरुले सरकार संचालनमा सहज हुने भन्दै प्रदेश नम्बर ६ र ७ मागेको छन् ।
यदि माओवादी केन्द्रको भागमा ७ नम्बर पर्यो भने पहिलो प्राथमिकता अक्कल नै भएको नेताहरु बताउँछन् । प्रत्यक्ष कुल ३२ सिटमा माओवादी केन्द्रले अछाम क्षेत्र नम्बर १ को (ख)बाट झपट बोहरा, क्षेत्र नम्बर २ को (क) क बाट अक्कलबहादुर रावल, डोटी (ख) बाट त्रिलोचन भट्ट, कैलाली ३ (क) बाट वीरमान चौधरी, कैलालीकै क्षेत्र नम्बर २ को (ख) बाट नन्दबहादुर साउद, बैतडी (क) बाट प्रेमप्रकाश भट्ट, दार्चुलाबाट (ख) बाट मानबहादुर धामी र बझाङ (ख) बाट देवकी मल्लसहित माओवादी केन्द्रले १० सिट जितेको छ ।
जनयुद्धको क्रममा अछमलाई सेती–महाकाली ब्यूरोको आधार क्षेत्र घोषणा गरिएको थियो । अछामलाई आधार बनाएर सेती महाकालीको धेरै फौजी कारवाही पनि भएका छन् । अछामले भौतिक शक्तिदेखि सबै आवश्यकतालाई पुर्ति समेत गरेका थियो । त्यही जिल्लाको पहिलो जनसरकार प्रमुख अक्कल रावल नै निर्वाचित भएका थिए । उनले जनसरकारको पहिलो अभ्यास भएपनि कुशलतापूर्वक कार्यसम्पादन गरेको माओवादी केन्द्रका नेता–कार्यकताहरु अहिलेपनि बताउँछन् ।
सुर्खेत जेलबाट हतकडीसहित भागेर जनयुद्धमा सहभागी भएका रावल अखिल क्रान्तिकारीको सुर्खेत जिल्लाको अध्यक्षहुँदै माओवादी केन्द्र अछामको सेक्रेटरी समेत भइसकेका छन् । उनी अहिले माकेको केन्द्रीय सदस्य समेत हुन् ।
यी नेताहरुमध्ये अन्य डोटीका भट्ट र कैलालीका चौधरी पनि मुख्यमन्त्रीको उम्मेदवार हुन् तर कार्यक्षमता र जनयुद्धको भूमिकाले पनि अक्कल रावल नै पहिलो नम्बरमा भएको माओवादी केन्द्रका नेताहरु बताउँछन् ।
कुल ३२ मध्ये प्रत्यक्षतर्फ १७ सिट जितेको एमालेको भागमा यो प्रदेश पर्यो भने पहिलो उम्मेदवार पोलिट्ब्युरो सदस्य कर्णबहादुर थापा हुन् । तर, समानुपातिक सूचीमा नाम भएकाले समानुपातिकबाट प्रदेस सभा सदस्य बन्ने भन्ने पक्का भएको छैन । त्यसपछि बाजुरा (ख) बाट निर्वाचिन वैकल्पिक केन्द्रीय सदस्य प्रकाशबहादुर शाह, अछाम क्षेत्र नम्बर २ (ख)बाट निर्वाचित बलबहादुर सोडारी र कैलालीका दीर्घ सोडारीको नाम चर्चामा छ ।
नेपाली काँग्रेसले ४ सिट मात्रै जितेको छ भने एउटा राजपाले जितेको छ ।(नाेट ःयसअघि शिर्षकमा गलत भएकाेले सच्चयाइएकाे छ )