अचानक प्रचण्डले किन छाडे लाजिम्पाट ? परिवार सहित शुक्रवारबाटै खुमलटार बस्न सुरु

अचानक प्रचण्डले किन छाडे लाजिम्पाट ? परिवार सहित शुक्रवारबाटै खुमलटार बस्न सुरु

  • शनिबार, पुस १, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

काठमाडौं । माओवादी अध्यक्ष प्रचण्ड लाजिम्पाटमा रहेको आवास छाडेर ललितपुर उपमहानगरपालिका वडा नम्बर १५ खुमलटारमा बसाइँ सरेका छन् ।

शुक्रवार साझ बाट प्रचण्ड केहि सामान लिएर पार्टीका जिल्ला नेताहरुले खोजेको नयाँ डेरामा सरेका हुन् । पूर्णरुपमा सामानहरु सार्न केही दिन लाग्नेछ ।

प्रचण्ड पत्नी सीतासहित शुक्रबार नै खुमलटारस्थित नयाँ निवासमा सुतेका छन् । सचिवालयका केही सदस्यहरु भने लाजिम्पाटस्थित पुरानै निवासमा छन् ।

लाजिम्पाटमा कम्पाउण्ड साँघुरो रहेको र आगन्तुकहरुको गाडी पार्किंङ गर्न असुविधा भएकाले डेरा सरिएको प्रचण्डनिकट स्रोतले बतायो ।
त्यति मात्र नभएर निर्वाचन अघि आफ्नो एक मात्र छोरो प्रकाश दाहाललाई गुमाएका प्रचण्ड दम्पतिले उक्त पिडाबाट मुक्त हुन पनि घर छाडेको स्रोत बताउछ । लाजिम्पाटमा बस्दा छोराको यादले सताउने र पिडि बल्झिरहनेहुँदा त्यसलाई कम गर्न नयाँ डेरा सकिएको भनाई छ ।
यद्धपि डेरा नै सर्नुपर्ने कारणबारे प्रचण्डले केहि बोलेका छैनन् ।

भूमिगत जीवन छाडेर खुल्ला राजनीतिमा आएपछि माओवादी अध्यक्ष प्रचण्ड सुरुमा नयाँबजारस्थित डेरामा बस्ने गरेका थिए । नयाँबजारमा केही समय प्रचण्ड र बाबुराम भट्टराई एउटै घरमा बसेका थिए । पछि बाबुराम शान्तिनगर बस्न थाले भने प्रचण्ड लाजिम्पाट सरे ।नयाँ घरमा लाजिम्पाटको भन्दा ठूलो कम्पाउण्ड रहेको छ । अबको केही दिनदेखि नै प्रचण्डको पुरै टिम खुमलटारमै बस्न सुरु गर्ने स्रोतले बतायो ।

यसवीचमा बाबुराम सानेपा सरेर हाल विशालनगरमा डेरा गरी बस्न थालेका छन् । उता माओवादी नेता नारायणकाजी श्रेष्ठको डेरा पनि ललितपुरमै छ ।

माओवादी पार्टीको विगतको नीतिअनुसार शीर्षनेताहरुले निजी घर खरिद नगर्ने प्रचलन छ । अब एमालेमा एकता गर्न लागेपछि भने सम्भवतः त्यो नीति व्यवहारिकरुपमा कायम नरहन सक्छ । किनभने, एमालेका प्रायः सबै शीर्षनेताहरुको राजधानीमा आआफ्नै घर छ ।

यो पनि पढ्नुस्

प्रचण्ड चुनाव जीत्न चाहन्छन् भने लाजिम्पाट दरबार छाडेर जनताको घरमा फर्किनु पर्छ …

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ