एमाले र माकेबीच एकिकरण भएर सरकार नबने यसरी हुन्छ नयाँ संसद विघटन : डा. आचार्य

एमाले र माकेबीच एकिकरण भएर सरकार नबने यसरी हुन्छ नयाँ संसद विघटन : डा. आचार्य

  • शुक्रबार, मंसिर २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

२९ मंसिर.काठमाडौं । संविधान विद् अधिवक्ता डा. भीमार्जुन आचार्यले नयाँ संसद विघठना हुन सक्ने बताएका छन् । उनले नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएर सरकार नबने संसद विघटन हुने ठूलो सम्भावना रहेको बताए ।

एक टेलिभिजनसँगको अन्तरवार्ताको क्रममा डा. आचार्यले एमालेलाई साइजमा राख्न भारतले माकेसँग गठबन्धन बनाइदिएको तर चुनावको परिणाम उल्टो आएकोले अदृश्यशक्ति संसद विघटन हुने दाबी गरे ।

एक टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा अधिवक्ता डा.आचार्यले भने, “एमालेको साइज घटाएर माओवादीको साइज बढाएर भारतले आफ्नो उद्देश्यपूर्ति गर्न चाहेको थियो । तर, भारतका लागि निर्वाचनको परिणाम प्रत्युत्पादक बनेको छ । भारतको अदृश्यशक्तिले एमाले र माओवादी केन्द्रबीच ‘बाम गठबन्धन’ बनाइदिएको हो ।’ उनले गठबन्धन गरेर एमालेलाई ठूलो घाटा लागेको र माओवादीलाई फाइदा भएको दाबी गरे । डा. आचार्यले बाम गठबन्धन चीनले नबनाएको दाबी गरे ।

“जसले १२ बुँदे सम्झौता गराएका थिए, उनीहरूले नै बाम गठबन्धन बनाइदिएका हुन्, स्थायी सरकार र पार्टी एकीकरणको चाहना राखेर मतदाताहरूले इमान्दारिताका साथ बाम गठबन्धनलाई मत दिएका छन्” अन्तरवार्ताको क्रममा डा. आचार्यले भने । उनले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा एमाले एक्लै चुनावमा गएको भए सरकार बनाउन सहज बहुमत ल्याउने बताए ।

निर्वाचनले दिएको म्याण्डेटअनुसार एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भयो भने बाम गठबन्धनको औचित्य रहने बताएका अधिवक्ता डा. आचार्यले भने, “यदि एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएन भने यो गठबन्धन भारतको डिजाइनमा बनेको पुष्टी हुनेछ ।”

चुनावको परिणामले एमालेले दीर्घकालिन शत्रु कमाएको दाबी गरेको डा. आचार्यले भारतले माकेलाई ठूलो बनाउन एमालेसँग गठबन्धन गरिदिएको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ