भ्रम र सपनाहरु

भ्रम र सपनाहरु

  • शुक्रबार, मंसिर २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 13.6K
    SHARES

-समीर यात्री

उस्तै उस्तै लाग्छ,
दिन ढल्दाको गोधुली
र, रात ढल्दाको प्रभात
कुनै मिठो भ्रम जस्तै ।

दिन ढल्छ
र, ढल्छ रात पनि
सुन्दर लाग्छ गोधुली
र, सुन्दर हुन्छ प्रभात पनि
उहिल्यै गरेको हो
यसको हिसाब हामीले ।

जब बुढो हुन्छ दिन
त्यो ढल्छ
ढल्नु अघिको पल
रंगीन हुन्छ
एक तमासको
मिठो मुस्कान जस्तै ।

जब छिप्पिन्छ दिन
र, ढल्किन्छ उमेर
छोटिदै जान्छ आयु
र, सकिदै जान्छ औचित्य
मृत्यु हुन्छ उसको
र, बिलय हुन्छ अन्धकारमा ।

दिनको मृत्युसगै
मृत्यु हुन्छ बुढा सपनाहरुको
र, मृत्यु हुन्छ कालातित चेतनाको पनि ।
मृत्यु हुन्छ बुढा पहरेदारहरुको
र, मृत्यु हुन्छ त्यसरी नै
गोधुलीमा प्रभाती सपना रेट्नेहरुको पनि ।

भोग्नेछ यो रातले पनि,
बुढो दिनकै नियति,
एउटा नौलो प्रभातको उदयसंगै
गुञ्जनेछन शंखध्वनीहरु
रातको अन्त्यष्टिमा,
गायब हुनेछन चमेरा र लाटोकोसेराहरु
र, गायब हुनेछन
भुस्याहा कुकुरहरु पनि,
ब्युझिनेछ नानीहरुको रहर
र, ब्युझिनेछन सूर्यमुखीका फूलहरु पनि ।

रेटिएका सपनाहरु समेत
जाग्नेछन कालकुट भएर ।
र,
रेटेर गोधुलीमा सपनाहरु
गोधुलीमै हराउनेहरुको नाममा
जारी हुनेछ “मोस्ट वान्टेड” सूचना ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी