काठमाडौ २९ मंसिर ।
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेसको पक्षमा कमजोर नतिजा आउनु दुःखद भएको बताउनु भएको छ ।
काँग्रेस, काठमाडौँ क्षेत्र नं १ ले राजधानीमा आज आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले प्रजातन्त्रका लागि संघर्ष गरेको पार्टीको पक्षमा सोचेजति नतिजा नआउनु दुःखद भएको बताउनुभयो ।
देशमा भएका हरेक आन्दोलनको नेतृत्व गरेको पार्टी प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा हारेको भन्दै उहाँले पाटीभित्र भएका कमी कमजोरीलाई सच्याएर आगामी निर्वाचनमा एक नम्बरको पार्टी बनाउनुपर्नेमा जोड दिनुभयो ।
नेता सिंहले पार्टीभित्रकै व्यक्तिका कारण पार्टीले पराजय भोगेको भन्दै पार्टीको झोला बोक्ने तर पार्टीलाई दुःख परेको बेलामा असहयोग गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने धारणा राख्नुभयो ।
भर्खरै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ बाट सांसद बन्नुभएका नेता सिंहले त्यस क्षेत्रको विकासका लागि आफू सदैव क्रियाशील रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
साथै उहाले प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनाका माग गर्नुभएको छ । पूर्वमहामन्त्री सिहले चुनाव हारेछि राजीनामा दिने प्रचलन रहेको बताउदै प्रधानमन्त्रि देउवाले राजिनामा दिनुपर्ने वताउनु भएको हो ।
काग्रेस सभापति देउवाले राजीनामा नदिए पार्टीको विधान अनुसार अघि बढ्ने उनले बताउनु भएको छ ।