‘कृ’को रोमान्टिक पोस्टर

‘कृ’को रोमान्टिक पोस्टर

  • शुक्रबार, मंसिर २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 13.4K
    SHARES

काठमाडौं–वर्षकै प्रतिक्षित फिल्मको रुपमा रहेको फिल्म ‘कृ’को रोमान्टिक फस्टलुक सार्वजनिक भएको छ । पोष्टरमा फिल्मका मुख्य कलाकार अनमोल केसी र ‘डेब्यु’ नायिका अदिती बुढाथोकीको रोमान्टिक मुडलाई देख्न सकिन्छ । अनमोलको सोलो एक्सन रुप प्रस्तुत गरिएको फस्टलुक यसअघि नै सार्वजनिक भइसकेको छ ।

द सुपर काजोल फिल्मस् र सुवास इन्टरटेन्मेन्टले संयुक्त रुपमा निर्माण गरेको फिल्मको ट्रेलर शुक्रबार सार्वजनिक हुँदैछ । फिल्ममा अनमोल केसी, अदिती बुढाथोकी, सरोज खनाल, रुपा राना, अनुपविक्रम शाही, कामेश्वर चौरसियाको अभिनय छ ।
सुवास गिरी र भुवन केसी निर्माता रहेको फिल्ममा सुरेन्द्र पौडेलको निर्देशन छ । माघ २६ गते प्रदर्शनमा आउने यो फिल्मसँग निर्मात्री तथा कलाकार स्वेता खड्काको फिल्म ‘कान्छी’ जुध्ने चर्चा भए पनि ‘कान्छी’ एकसाता पछि सरिसकेको छ । ‘हामी कुनै फिल्मसँग जुध्न आएका थिएनौ । माघ २६ गते हामीले पहिले नै लक गरेको मिति हो । सोही अनुसार हामीले हलहरु पनि पक्का गरिसकेका थियौ ’ निर्माता गिरीले भने ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी