विविसी सेवाको जागिर छाडेर ठूलो त्याग गरेर देश सुधार्न भनेर राजनीतिमा होमिएका रवीन्द्र मिश्र तराजु चुनाव चिन्ह लिएर मैदानमा गए । उनी काठमाण्डौं १ मा झिनो मतान्तरले परम्परागत उम्मेद्धारको रुपमा आएका काग्रेसका प्रकाशमानसगँ पराजीत भए ।
अब उनको अर्को अपील थियो तराजु चिन्हमा मतदान गरी हामीलाई राष्ट्रिय पार्टीको रुपमा पुर्याउनु होस् । त्यसका निम्ति पुर्व सचिव किशोर थापा सहित विभिन्न व्यक्तिहरुलाई उम्मेद्धार बनाईएको पनि थियो ।
तर समानुपातिक मतमा ३ प्रतिशत थ्रेस होल्ड कटाउनै पर्ने प्राबधानका कारण रविन्द्रको पार्टी त्यसमा नपुग्ने लगभग निश्चित बनेको छ । यस पटकलाई । मत गणना अन्तिम चरणमा पुग्दा आज बिहानको नतिजा अनुसार तराजुको पक्षमा एक लाख ९७ हजार मत मात्र खसेको छ । जब कि सिंहदरबारमा सिट पाउन कम्तीमा ३ लाख बढी मत ल्याउनु पर्ने हुन्छ ।
अबको पाच वर्ष रवीन्द्र मिश्र र उनको पार्टीले संगठन बनाउन र पार्टी बनाउन लाग्नु पर्ने भएको छ ।