सोच

सोच

  • बिहिबार, मंसिर २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 12.6K
    SHARES

-बलराम तिमल्सिना(विप्लव)

कमरेड सहयात्री !
भयो अव विजय जुलुसबाट फर्क 
माला निकाल मुख धोऊ आविर पखाल
र सोच्न सुरु गर भोलिको वारेमा !

अलिकति सपना सोच
अलिकति आदर्श सोच
अलिकति मूल्य सोच / निष्ठा सोच
आफ्नै विगत सोच/ हविगत सोच
यो सोच्नु पर्ने समय हो साथी !

हामी कता जाँदै छौं –
उकालो या ओरालो ?
हामी के रोज्दै छौं-
जीवन या मृत्यु ?
हामी के पक्रदैछौं-
सत्ता या सत्य ?
के सँधै अरुले नै सोचिदिएर हुन्छ ?
सोच आफैं सोच
एकान्तमा गएर पनि सोच
साथीभाइ जुटेर पनि सोच
एक पटक इमान्दार भएर सोच !

नत्र
भोलि एक घोषणा हुन मात्र वाँकि छ
त्यसपछि कि ताली पिट
कि लुरु लुरु आफ्नो बाटो लाग

त्यस पछि रुन पनि पाउँने छैनौं !
हाँस्ने कुरा त गोली मार भाइ
जसरी क्यान्टोनमेन्ट कव्जा भएको थियो
त्यसै गरी कसैले भन्ने छ-
“ह्याण्डस् अप ! ”

यु रियल्ली रेडी टु ह्याण्ड्स् अप ?
सोच साथी सोच
सोच सहयात्री सोच !

(फेसबुकबाट तानिएकाे)

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी