काँग्रेसी नेताहरुद्धारा प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्ताव, के सोच्दैछन् प्रचण्ड ?

काँग्रेसी नेताहरुद्धारा प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्ताव, के सोच्दैछन् प्रचण्ड ?

  • बिहिबार, मंसिर २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

यति बेला चुनावमा बामपन्थीहरुले प्रत्यक्ष तर्फ दुई तिहाई र समानुपातिकमा गरी पूर्ण बमुहत ल्याएको अवस्था छ । यस चुनावले पराजयको शिकार बनाएको काग्रेसका नेताहरुले ठूलो दल एमालेलाई प्रतिपक्षमै राख्न कसरत शुरु गर्न थालेका छन् ।

त्यसको निम्ति काग्रेसी नेताहरुले बरु माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बन्न प्रस्ताव खुलेरै गर्न थालेका छन् । काग्रेस नेता महेन्द्र यादवले अहिले सविधान कार्यन्वयन गर्ने क्षमता प्रचण्डमा मात्र रहेकाले आफूहरुले स्वीकार गर्ने बताउनु भयो । तर केपी ओली प्रधानमन्त्री बनेमा अहिलेको सबै उपलव्धि गुम्ने भन्दै यादवले रिपोर्टस क्लबको कार्यक्रममा भन्नु भयो अब काग्रेसको सभापतिबाट देउवा नहट्ने पनि बताउनु भयो ।

काग्रेसी नेताहरुले माओवादी नेताहरुसगँ अनौपचारीक रुपमा पठाउन खोजेको सन्देश अनुसार माओवादीको नेतृत्वमा सरकार बन्दा काग्रेस , फोरम समाजवादी र राजपा र राप्रपा एवं बाबुराम भट्टराई समेतलाई लिएर एमाले बाहेकको सरकार बनाउन सकिने र त्यस परिणामको संकेत समानुपातिक मतले दिन थालेको छ ।

तर माओवादी नेताहरुले अहिलेको जनमत वामपन्थी सरकारका लागि भएकाले पहिलो प्राथमिकता वाम सरकार, पार्टी एकता हुने बताएका छन् ।
अब कस्तो सरकार र कसको नेतृत्वमा बन्ने भन्ने कुराको निर्णायक व्यक्ति फेरी प्रचण्डको हातमा जाने संभावना बढेको छ । यसमा मौका हेरेर प्रचण्डले आफूलाई पनि प्रधानमन्त्रीमा उभ्याउन सक्ने या ओलीलाई सजिलै दिन सक्नै दुवै विकल्प उनीसगँ रहेको देखिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ