२८ मंसिर, काठमाडौं ।
राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज भेटवार्ता भएको छ । शीतल निवासमा भएको भेटमा प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परीणामबारे राष्ट्रपति लाई जानकारी गराउनु भएको छ ।
राष्ट्रपति भण्डारीले संविधान कार्यान्वयनमा कोशेढुंगाका रुपमा रहेको निर्वाचन शान्तिपूर्ण र ठूलो जनसहभागितामा सम्पन्न गरेकोमा सरकारलाई धन्यवाद दिनुभयो ।
निर्वाचनबाट मुलुकमा राजनीतिक स्थिरता हुनेमा विश्वास व्यक्त गर्दै राष्ट्रपति भण्डारीले सामाजिक आर्थिक रुपान्तरणसहित समृद्धि हासिल गर्ने जनआकांक्षा पूरा गर्न सबै राजनीतिक दलबीच सहमति र सहकार्यको निरन्तरतामा जोड दिनुभयो ।
साथै उहाँले अब मुलुकमा राजनीतिक स्थिरता हुने विश्वास व्यक्त गरेको राष्ट्रपति कार्यलयका प्रवक्ता कुलप्रसाद चुडालले बताउनु भयो ।
राष्ट्रपतिले समाजिक आर्थिक रुपान्तरणसहित समृद्धि हासिल गर्ने जन आकांक्षा सफल पार्न दलहरुबीच सहकार्य हुनु पर्नेमा जोड दिनु भएको छ ।