समानुपातिकतर्फको मतगणना जारी , एमालेको अग्रता कायमै

समानुपातिकतर्फको मतगणना जारी , एमालेको अग्रता कायमै

  • बिहिबार, मंसिर २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौ ,२८ मंसिर ।
प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा प्रत्यक्षतर्फ प्रथम स्थानमा रहेको नेकपा एमालेले समानुपातिक मतगणनामा पनि अग्रता कायमै राखेको छ ।
निर्वाचन आयोगले दिएको तथ्यांक अनुसार कुल खसेका १ करोड ५ लाख मतमध्ये हालसम्म एमालेले २८ लाख २४ हजार ७ सय ३७मत प्राप्त गरेको छ ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २७ लाख ४१ हजार १ सय १८ मत प्राप्त गरेको छ । त्यसैगरी तेस्रो स्थानको माओवादी केन्द्रले ११ लाख ३६ हजार ४ सय ६६ र ४ लाख १७ हजार ३५ मत पाएको संघीय समाजवादी फोरम चौथो स्थानमा छ ।
राजपाले ३ लाख ४५ हजार ३ सय ४ राप्रपाले १ लाख ७७ हजार ५ सय १७, विवेकशील साझा पार्टीले १ लाख ७७ हजार ८ सय ६९, नयाँ शक्ति पार्टीले ७० हजार ५८ मत ल्याएको छ ।
त्यस्तै राप्रपा प्रजातान्त्रिकले ६४ हजार ५ सय ४९, नेपाल मजदुर किसान पार्टीले ५० हजार ७ सय १ मत प्राप्त गरेको छ भने अन्य दलले ८ लाख ७१ हजार ३ सय ७३ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ